२० फाल्गुन २०८२, बुधबार

नेकपा एमालेको सचिवालय बैठकमा सरकारका कामको समीक्षा

कोलोराडोखबर संवाददाता , November 10th, 2024

नेपाल । नेकपा एमाले सचिवालय बैठकले सरकारका कामको समीक्षा गरेको छ । बैठकले सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको बैठकले सरकारको कामको समीक्षा गर्दै सरकार आधारभूत रुपमा ठिक ढंगले कम गरिरहेको र कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन संयन्त्र बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

साथै उनले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको बताउँदै विश्व राजनीतिक घटनाक्रमलाई मूल्यांकन गरेर दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा पार्टीले जोड दिएको बताए ।

बैठकले सत्ता साझेदार कांग्रेस र एमालेबीच अझै उच्चस्तरको सम्बन्ध कायम गर्दै आगामी निर्वाचनसम्म सत्ता सहकार्य लैजानका लागि दुई दलीय राजनीतिक संयन्त्र बनेको भन्दै यस्ले सरकारलाई प्रभावकारी रुपमा काम गर्न र बिरोधीको अपवाह चिर्न बल पुगेको ठहर पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्