नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ ।
शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ ।
रास्वपा बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित रही दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने र सो आन्दोलनलाई साथ दिन नेपाली जनतालाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्