२० फाल्गुन २०८२, बुधबार

रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

कोलोराडोखबर संवाददाता , November 6th, 2024

नेपाल । सहकारीको रकम अपचलन मुद्दामा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न २५ दिनको म्याद माग गरेको थियो ।

सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्