११ श्रावण २०८३, सोमबार

बाबुराम भट्टराईको पार्टीको नाम अब नेसपा (नयाँ शक्ति) !

कोलोराडोखबर संवाददाता , October 23rd, 2024

नेपाल । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पार्टीको पछाडि (नयाँ शक्ति) थप्ने निर्णय गरेको छ ।

पोखरामा भएको विधान अधिवेशनले पार्टीको नामको पछाडि नयाँ शक्ति थप्ने निर्णय गरेको नेता मानुषी यमी भट्टराईले बताइन् ।

अधिवेशनले आगामी माघ २५, २६ र २७ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने समेत निर्णय गरेको छ । झण्डा र चुनाव चिन्ह आँखा राख्ने निर्णय गरेको छ ।

अधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति, ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरेको छ । १ अध्यक्ष, ५ उपाध्यक्ष ९१ महिला, १ जनजाति , १ मधेसी , १ खसआर्य, १ दलित, १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्