यूके । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बेलायत आएका छन् ।
धरान समाज युकेको निमन्त्रणामा बिहीबार साँझ लन्डन पुगेका हुन् ।
दुई हप्ते लामो भ्रमणमा क्रममा उनले विभिन्न शहरका मेयरहरूसँग भेटघाट, संसद भवनको भ्रमण र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने छन् ।
यस भ्रमणको एक प्रमुख उद्देश्य धरानको चिन्डे डाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाका लागि आर्थिक सहयोग संकलन गर्नु रहेको बताइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्