नेपाल । सोमबार बडादशैँको पाँचौँ दिन । सोमबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि थियो । बिहान ६ बजेर १६ मिनेटपछि पञ्चमी लागेको छ ।
नवरात्रमा प्रत्येक दिन नवदुर्गा भगवतीका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ ।
दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्