नेपाल । सरकारले गत साताको बाढी पहिरो र डुबानबाट बढी प्रभावित १४ जिल्लाका ४१ पालिकालाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
राहत तथा पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारले १४ जिल्लाका पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको अवस्था मूल्यांकन गरेर संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको थियो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षमा रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले संकटग्रस्त क्षेत्र घोषणाको सिफारिस गरेको हो ।
संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिका
फिदिम नगरपालिका
फालेलुङ गाउँपालिका
फाल्गुनन्द गाउँपालिका
चम्पादेवी गाउँपालिका
सुनकोशी गाउँपालिका
वेलका नगरपालिका
बेनिघाट रोराङ गाउँपालिका
नेत्रावती डबजोङ गाउँपालिका
धुनिबेंसी नगरपालिका
गजुरी गाउँपालिका
गौरीशंकर गाउँपालिका
बिगु गाउँपालिका
शैलुङ गाउँपालिका
मन्थली नगरपालिका
रामेछाप नगरपालिका
खाँडादेवी गाउँपालिका
दोरम्भा शैलुङ गाउँपालिका
सुनापति गाउँपालिका
लिखु तामाकोशी गाउँपालिका
गोकुलगंगा गाउँपालिका
उमाकुण्ड गाउँपालिका
भोटेकोशी गाउँपालिका
ललितपुरको बागमती गाउँपालिका
कोन्ज्योसोम गाउँपालिका
गोदाबरी नगरपालिका
रोशी गाउँपालिका
पनौती नगरपालिका
तेमाल गाउँपालिका
नमोबुद्ध नगरपालिका
बेथानचोक गाउँपालिका
मण्डनदेउपुर नगरपालिका
चौरीदेउराली गाउँपालिका
महाभारत गाउँपालिका
गोलन्जोर गाउँपालिका
सुनकोशी गाउँपालिका
फिक्कल गाउँपालिका
इन्द्रसरोवर गाउँपालिका
बकैया गाउँपालिका
चितवनको भरतपुर महानगरपालिका
माडी नगरपालिका
इच्छाकामना गाउँपालिका

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्