१२ श्रावण २०८३, मंगलवार

नेपालमा बाढिपहिरोको बितण्डा, करीब २ सय जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , September 30th, 2024

नेपाल । नेपालमा बाढिपहिरोले बितण्डा मच्चाएको छ । शुक्रबार र शनिबारको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म करीब २ सय जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता भएका खबरहरु आइरहेका छन् ।

बाढी पहिरोका कारण राजधानी उपत्यका आवतजावत गर्ने सबै नाका बन्द भएका छन् । नेपालको राजधानी उपत्यका पनि बाढीपहिरोले प्रभावित भएको छ ।

प्राकृतिक विपद्मा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्