१२ श्रावण २०८३, मंगलवार

काँग्रेस संसदीय मामिला विभागमा १० सदस्य मनोनित

कोलोराडोखबर संवाददाता , September 24th, 2024

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् ।

गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनित गरेका हुन् ।

मनोनित भएका सदस्यहरुमा प्राईमहेश सिंह कठायत (काठमाडौँ), बासु कार्की (काठमाडौँ), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा), अस्मिता लामा ‘खुशीमाया’ (लम्जुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुंगा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्