१२ श्रावण २०८३, मंगलवार

साइबर क्राइमको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

कोलोराडोखबर संवाददाता , September 23rd, 2024

नेपाल । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आइतबारनै अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो ।

जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिएकी थिइन् । आफ्नो चरित्रहत्या गर्ने गरी एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उनले प्रहरी गुहारेकी हुन् । सोही उजुरीका आधारमा प्रसाईं पक्राउ परेका हुन् ।

पछिल्लो समय प्रसाईंले विभिन्न व्यक्तिहरुलाई आरोप लगाउँदै विवादास्पद अभिव्यक्ति अभिव्यक्ति दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्