-सुदीपभद्र खनाल-
टेकेँ मैले न त शिखरका उच्चता उक्लिएर
छोएँ मैले न त रहरिला शृङ्गमाला पुगेर
भोगेँ मैले न त विजन ती दूरका खर्क लेक
लेखेँ मैले तर हृदयमा शुभ्र नेपाल एक
सम्झी ल्याएँ मधुर मनमा याद आफ्नै अनेक
बोकी ल्याएँ छवि मुलुकको नैनमा प्रेम ले छ
लाएँ बोलेँ न त थरिथरी भेष भाषा अनेक
लेखेँ मैले तर हृदयमा शुभ्र नेपाल एक
स्यूरेँ मैले न त थरिथरी फूल उच्चा हिमाली
माने मैले न त सिम भुमे कोट वा देउराली
गाएँ मैले न त घुमिघुमी लोक भाका अनेक
लेखेँ मैले तर हृदयमा शुभ्र नेपाल एक
छोएँ मैले न त हृदयका घाउ वा दर्द केही
धोएँ मैले न त विकलका आर्तना आँसु केही
रोएँ मैले न त सँग बसी दु:ख साटी अनेक
लेखेँ मैले तर हृदयमा शुभ्र नेपाल एक
फोएँ मैले न त हृदय यो पूर्ण आफन्त साथ
धोएँ मैले न त कलुषता प्रेम बाँडी सपाट
छोडी आफ्नो रथ विरथ भै भड्किएँ देश देश
लेखेँ मैले तर हृदयमा शुभ्र नेपाल एक ।
-हाल भर्जिनिया , अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्