४ आश्विन २०८३, आईतवार

मधु पाठकको कविताकृति ‘अग्नि-आलाप’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 20th, 2026

नेपाल । कवि मधु पाठकको पहिलो एकल कविताकृति ‘अग्नि–आलाप’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । यसअघि उनको सामूहिक कविताकृति प्रकाशित छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतम, डा. नवराज लम्साललगायतले कृति लोकार्पण गरे ।

प्रमुख अतिथि डा. गौतमले कविता लेखन आफैँमा साधना भएको उल्लेख गर्दै काव्यकारितामा कवि पाठकले पनि साधना गर्दै आएको बताए ।

समीक्षक डा. ज्ञानु अधिकारीले कविता आत्माको आवाज भएको चर्चा गर्दै मधुका कविताले पाठकलाई संवेदित बनाउने बताइन् । उनले मधुका कवितामा प्राकृतिक विम्ब मात्र नभएर जीवनको चिन्तन प्रस्तुत भएको बताइन् ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कविताका विषयमा गम्भीर बहस भएको बताउँदै मधुका कविता पठनीय भएको चर्चा गरे ।

कार्यक्रममा साहित्यकारहरू पवन आलोक, डा. शान्तिमाया गिरी, ऋषभदेव घिमिरेले कृतिमाथि बोलेका थिए । उक्त अवसरमा कविहरू ठाकुर बेलवासे, मणि लोहनी, प्रदीप सापकोटा, सुष्मा आचार्य अंशुले कृतिभित्रबाट कविता वाचन गरे ।

प्रतिक्रिया दिनुहोस्