३१ भाद्र २०८३, बुधबार

अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति तय, अब १० अप्रिल २०२७ मा

कोलोराडोखबर संवाददाता , September 16th, 2026

अमेरिका । अस्टेलियामा हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२६ को मिति परिवर्तन भएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड LLC (USA) र भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाको संयुक्त आयोजनामा डिसेम्बर १७ मा अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम अब १० अप्रिल २०२७, शनिबार आयोजना हुनेछ ।

गत भदौ १० गते नेपालमा पछिल्लो समय उत्पन्न भएको प्राकृतिक विपद् तथा त्यसबाट सिर्जित असहज र संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न सम्भव नभएकाले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय भएको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले अवार्ड कार्यक्रम हुँदै आएको छ ।

अवार्डका अघिल्ला ८ संस्करणहरू अमेरिकाको कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

‘नेपाली फिल्म भिलेज टु ग्लोबल’ भन्ने नारासहित फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगत २०१६ देखि आयोजना हुँदै आएको अवार्डले निरन्तरता पाएको ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सि यूएसएका चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठले बताउनु भयो ।

नेपाल फिल्म सोसाइटी, नेपालको चेयरपर्सन वरिष्ठ नायक/निर्देशक कृष्ण मल्ल हुनुहुन्छ भने, ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सि (GNFA) USA का चेयरपर्सन नायक/निर्देशक नवराज श्रेष्ठ हुनुहुन्छ ।

GLOBAL NEPAI FILM AWARD-2026
संयुक्त प्रेस विज्ञप्ति
नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ को मिति परिवर्तन सम्बन्धी सूचना
सिड्नी, अष्ट्रेलिया | १४ सेप्टेम्बर २०२६
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, नेपाली चलचित्रकर्मीहरूको सम्मान तथा विश्वभर छरिएर रहेका नेपाली चलचित्रप्रेमी, कलाकार एवं चलचित्र क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूलाई एउटै सांस्कृतिक मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ को पूर्वनिर्धारित मिति तथा कार्यक्रमस्थलमा परिवर्तन गरिएको सम्बन्धमा यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ।
Bhara Entertainment Australia, Nepal Film Society (NFS) र Global Nepali Film Award LLC, USA को संयुक्त आयोजनामा डिसेम्बर १७, २०२६ मा सिड्नी, अष्ट्रेलियामा आयोजना गर्ने गरी निर्धारित गरिएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम नेपालमा पछिल्लो समय उत्पन्न भएको प्राकृतिक विपद् तथा त्यसबाट सिर्जित असहज र संवेदनशील परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा आयोजना गर्न सम्भव नभएकाले कार्यक्रमको मिति परिवर्तन गर्ने निर्णय गरिएको हो।
नयाँ मिति तथा कार्यक्रमस्थल
नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६
नयाँ मिति: १० अप्रिल २०२७, शनिबार
स्थान: Wesley Conference Centre
Sydney, NSW 2000, Australia
नेपालमा भएको प्राकृतिक विपद्बाट भएको जनधनको क्षति तथा त्यसबाट उत्पन्न राष्ट्रिय संवेदनशीलतालाई मध्यनजर गर्दै अवार्डको तयारी, नेपाली कलाकार तथा चलचित्रकर्मीहरूको सहभागिता र अन्तर्राष्ट्रिय प्रचार–प्रसारलाई थप व्यवस्थित, प्रभावकारी र गरिमापूर्ण ढंगले अघि बढाउने उद्देश्यले नयाँ मिति तय गरिएको हो।
यस कठिन घडीमा आयोजक संस्थाहरू सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछौं। साथै, विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहयोगी हातहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
“Nepali Cinema: Village to Globe” भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको नवौं ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्रलाई विश्वमञ्चमा थप स्थापित गर्ने, नेपाली चलचित्रकर्मीहरूको सिर्जना, प्रतिभा र योगदानलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्ने तथा विश्वभर रहेका नेपाली समुदायबीच चलचित्रमार्फत भावनात्मक, सांस्कृतिक र सिर्जनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजक संस्थाहरूले लिएका छन्।
नयाँ मितिमा आयोजना हुने कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक संस्थाहरू आवश्यक तयारीमा जुटिरहेका छन्। कार्यक्रमको विस्तृत तयारी, सहभागी कलाकार तथा चलचित्रकर्मीहरूको विवरण, अवार्डका विधा, मनोनयन तथा अन्य कार्यक्रमसम्बन्धी जानकारी आगामी दिनमा संयुक्त रूपमा सार्वजनिक गरिनेछ।
यस कार्यक्रमप्रति निरन्तर साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण नेपाली चलचित्रप्रेमी, कलाकार, चलचित्रकर्मी, सञ्चारकर्मी, संघसंस्था, प्रायोजक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
धन्यवाद।
संयुक्त रूपमा जारी गर्ने संस्थाहरू
अरुण श्रेष्ठ
Founder / Organiser
Bhara Entertainment Australia
कृष्ण मल्ल
President
Nepal Film Society (NFS), Nepal
नवराज श्रेष्ठ
Chairman
Global Nepali Film Award LLC, USA
रुपेश भट्टराई
Director / Organiser
Bhara Entertainment Australia
संयुक्त आयोजक:
Bhara Entertainment Australia | Nepal Film Society (NFS) | Global Nepali Film Award LLC, USA

प्रतिक्रिया दिनुहोस्