२३ भाद्र २०८३, मंगलवार

पुँजी बजार सुधारका उपाय पेस गर्न निर्देशन

कोलोराडोखबर संवाददाता , September 8th, 2026

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिनुभएको छ।

सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्