१७ भाद्र २०८३, बुधबार

सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको छः गृहमन्त्री

कोलोराडोखबर संवाददाता , September 2nd, 2026

नेपाल । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको सन्दर्भमा अझै आशा नमारेको बताएका छन्।

उनले उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी गराएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा भोटेकोशीको बाढीपछिको उद्धार र राहतबारे जानकारी गराउने क्रममा उनले सरकारले प्रयास गरिराखेको प्रतिक्रिया दिए।

उनले अझै आशा नमारेको भन्दै माथिबाट पनि छिर्न सकिन्छ कि भनेर सुरक्षा संयन्त्रले काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्