नेपाल । सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको भए पनि जिल्ला अदालत भक्तपुरले सोमबार म्याद थप्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन् ।
प्रसाईलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो । तर अदालतले थप अनुसन्धानका लागि म्याद नदिएपछि उनलाई रिहा गरिएको जनाइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्