१८ श्रावण २०८३, सोमबार

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

कोलोराडोखबर संवाददाता , August 3rd, 2026

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपैयाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्