नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठनको आवश्यक रहेको बताएका छन् ।
धेरै कार्यक्रममा पोखरेलले नेतृत्वको कमजोरी अस्वीकार गर्ने नेताको पहिचान बनाएका पोखरेल आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन् ।
उनले पार्टी शुद्धीकरण सहितको रूपान्तरण तयार रहेको बताए । महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुला रूपले निर्णय गर्न तयार रहेको बताए । उनले समाजमा सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण आफूहरूले गरेका राम्रा कामहरू नकारात्मक मात्रै अघि बढाइएको बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्