३० असार २०८३, मंगलवार

आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको पनि उपचारको क्रममा मृत्यु

कोलोराडोखबर संवाददाता , July 14th, 2026

नेपाल । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले जानकारी दिए ।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि गत बिहीबार राहदानी बिभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार निधन भएको थियो भने गत शनिबार आत्मदाहको प्रयास गरेका काठमाडौं बुद्धनगरका अस्विन बस्नेतको सोही दिन निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्