नेपाल । प्रधानमन्त्री बालेन शाहले आफ्नो टोलीको तस्वीर सार्वजनिक गरेका छन् ।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सेयर गरेका हुन् ।
तस्वीर मा कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई बीचमा बसेर अँगालो हालेका छन् । उनले उक्त पोस्टको क्याप्सनमा ‘देश बनाउने टोली’ लेखेका छन् ।
यसैबीच प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिएका छन्।
उनले भनेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन’, उनले लेखेका छन्, ‘दुःख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्