नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गर्दै लामो समयदेखि पार्टीभित्र जारी विवादलाई औपचारिक रूपमा टुङ्गाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सोमबार बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको उल्लेख गर्नुभयो । एमालेभित्र भण्डारीको सदस्यता विषय पछिल्लो एक वर्षदेखि राजनीतिक बहस र शक्ति सन्तुलनको केन्द्रमा रहँदै आएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्