नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उहाँले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये दुई वटा मात्र निर्माणमा जानु ‘लाजमर्दो’ भएको बताउनुभयो । उहाँले विदेशी लगानी स्वीकृत भएर पनि लामो समय काम नभएको विषयमा निर्मम समीक्षा हुने उल्लेख गर्नुभयो ।
बैठकका क्रममा अर्थमन्त्री वाग्लेले समस्याको तुरुन्त पहिचान गर्न पनि निर्देशन दिनुभयो ।
लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको अर्थमन्त्रीले बताउनुभयो । उहाँले १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर अघि बढ्ने बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्