२७ चैत्र २०८२, शुक्रबार

राष्ट्रिय योजना आयोगमा नियुक्त ६ सदस्यको नाम सार्वजनिक, को को परे ?

कोलोराडोखबर संवाददाता , April 10th, 2026

नेपाल । सरकारले राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको हो ।

जसमा पाल्पाका अर्जुन जङ्ग थापा, काठमाडौँका प्राडा सञ्जय आचार्य, काठमाडौँका डा. देवेन्द्र गौचन, काठमाडौँकै रेशु अर्याल, काठमाडौँका प्राडा सुदन झा तथा ललितपुरका डा. पुकार मल्ल रहेका छन् ।

यसअघि उपाध्यक्ष डा. गुणाकर भट्टको नाम मात्रै सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्