नेपाल । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
नेपालका मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व अध्ययन तथा समष्टिगत अर्थतन्त्र विश्लेषणमा दुई दशक लामो अनुभव छ । अर्थशास्त्रमा विशेष अध्ययन गरेका भट्ट शिक्षाविद्, नीति अनुसन्धानकर्ता र प्राविधिक विज्ञका रूपमा पनि चिनिन्छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र बैंकको गर्भनर बनाउने चर्चा भए पनि अन्तिममा विश्व पौडेल गर्भनर बनेका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्