१७ चैत्र २०८२, मंगलवार

राजस्व लक्ष्यप्राप्तिमा लाग्न भन्सारका कर्मचारीलाई निर्देशन

कोलोराडोखबर संवाददाता , March 31st, 2026

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व लक्ष्यप्राप्तिमा लाग्न भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ । भन्सार विभागको अनुगमन गरी जानकारी लिँदै गर्दा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले भन्सार विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्यप्राप्तिमा लाग्न निर्देशन दिँदै राजस्व सङ्कलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि बताउनुभयो ।

राजस्व सङ्कलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उहाँले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको बताउनुभयो । त्यस क्रममा उहाँले विभागमा रहेको भन्सार ल्याबको पनि अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्