४ फाल्गुन २०८२, सोमबार

राप्रपाका नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन

कोलोराडोखबर संवाददाता , February 15th, 2026

नेपाल । वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विश्वबन्धु थापाको निधन भएको छ।

९८ वर्षीय थापाको उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो ।

एक महिनाअघि उनलाई स्ट्रोक भएको थियो । २००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक थिए ।

तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भए ।

उनी नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्