नेपाल । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि नेपाल आयल निगमले आफ्नो कार्यालयबाट ग्यास बिक्री सुरु गरेको छ ।
उपत्यकाको बजारमा सबै प्रकारका ग्यासको अभाव देखिएपछि आयल निगमले बुधबारदेखि टेकु कार्यालयबाट ग्यास बिक्री सुरु गरेको हो ।
डिलरबाट ग्यास पाउन नसकेका र अति आवश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था गरेको जनाएको छ । निगमको एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार उपभोक्तालाई थप सहजीकरण गर्ने उद्देश्यले टेकु कार्यालयपरिसरबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराउन थालिएको छ ।
निगममा नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका टेकु र आसपास क्षेत्र बासिन्दाका लागि सहज हुने उहाँको भनाइ छ । ग्यास सकिएर खानै नपाएका उपभोक्तालाई लक्षित गरेर टेकु कार्यालयबाट ग्यास बिक्री गर्न थालेको निगमको एलपिजी विभागका प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्