नेपाल । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।
उनीहरूबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको हो ।
अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राखेका उनले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्