२३ पुष २०८२, बुधबार

बोल्डर नगरमा बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारले सबैलाई नचाए

कोलोराडोखबर संवाददाता , January 5th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होसारको अवसरमा कोलोराडो निवासी तमुहरुले बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारको उपस्थितीमा बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ नयांबर्षको सुभकामना आदान प्रदान गर्दै ल्होसार सम्पन्न गरेका छन् ।

तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले राजु परियारको बिशेष सांगीतिक प्रश्तुतीसंगै आफ्नो संस्कृती परम्परा अनुसार सर्प बर्गलाइ बिदागरी घोडा बर्गलाई स्वागत गर्दै ल्होसार मनाएका हुन् । बयोबृद्ध बलबहादुर गुरुङको प्रमुख आतिथ्यता तथा राजु परियारको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम भौगोलिक हिसावले काठमाण्डौंसंग मिल्दो जुल्दो बोल्डर नगरमा सम्पन्न भएको हो ।

तमु धी कोलोराडोका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा संम्पन्न कार्यक्रमा प्रमुख अतिथी बयोबृद्ध बलबहादुर गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, लोक गायक चन्द्र शर्मा, गन्यमान्य, व्यवसाही, पत्रकार, तमुसमुदायका सदस्य तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको हलमा खचाखच उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

प्रकाश गुरुङद्धारा संचालित कार्यक्रमा संस्थाका पुर्व अध्यक्ष चन्द्रमान गुरूङले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रमको महत्व र अवश्यकताबारे प्रकाश पारेका थिए । उनले हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाहनै हराउने छ भन्दै यसलाइ आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्थान्तरण गर्ने बातावरण सृजना गर्न सबैलाइ अनुरेध गरे । स्थानीय समुदायलाई तमु संस्कृतीको पहिचाहन गराउनुको साथै तमु संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु तमुहरुको आफ्नै परम्परागत पहिरनमा सझिएर आएका थिए । औपचारिक कार्यक्रम पछि आयोजित सांगितीक कार्यक्रम सरिता गुरुङ र गौप्रशाद गुरुङद्धारा संयूक्त रुपमा सञ्चालन गरिएको थियो । समारोहमा तमुभाषा अध्यानरत छात्रछात्राहरुले आफ्नो अध्यानको क्रममा खिचीएको बिभिन्न गतीबिधीको भिडीयो तथा गुरुङ भाषाको संगितमा कुशल नृत्य प्रश्तुत गरेका थिए । बिगत ४ बर्षदेखी कोलोराडोमा गुरुड भाषाको कक्षा संचालन हुदै आएको र हाल १२ जना छात्र छात्रा अध्यानरत रहेको भाषा शिक्षक शंकर गुरुङले बताएका छन् । कार्यक्रममा अन्य धेरै स्थानिय कलाकारहरुले बिभिन्न भाषाको कुशल संगीतमा एकल तथा सामुहिक नृत्य प्रश्तुत गरी दर्शकको मनजित्न सफल भएका थिए । तमु समुदायका सदस्यहरुले कार्यक्रम सुरुहुनु अघी लामागुरुद्धारा बिधिपुर्वक पुजाआजा गराइ आर्शिवाद थापेका थिए ।

स्थानयि कलाकारहरुको प्रश्तुती पछी बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियारको प्रश्तुती रहेको थियो । उनले आधा दर्जन भन्दा बढी बिभिन्न चर्चित गीतहरु गाएर दर्शकहरुलाइ खुव नचाएका थिए । राजु परियारको प्रश्तुती पछि डिजे कार्यक्रम रहेको थियो ।

नेपालमा मुलत ३ किसिमको ल्होछार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसार मनाउने चलन छ । उनीहरुले यस बर्ष गिद्ध बर्गलाई बिदाई गर्दै सर्प बर्गलाई स्वागत गरेका छन् । ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्