११ पुष २०८२, शुक्रबार

प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने विश्वप्रकाशको घोषणा

कोलोराडोखबर संवाददाता , December 26th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले नयाँलाई अवसर दिन आफू पछि हट्ने बताएका हुन् । यसबारे आफ्नो निर्वाचन क्षेत्रका नेता–कार्यकर्तालाई जानकारी गराइसकेको पनि शर्माले बताए ।

०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट साढे १४ हजार मतान्तरसहित उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । काँग्रेसले यसपटक पनि सोही क्षेत्रबाट उनलाई सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्