२९ कार्तिक २०८२, शनिबार

मतदाता नामावली संकलनका लागि मंसिर ५ गतेसम्म म्याद थप

कोलोराडोखबर संवाददाता , November 15th, 2025

नेपाल । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।

आयोगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जनाएको हो ।

यो अवधिमा (कात्तिक २७ सम्म) कुल २ लाख ५७ हजार ५०५ नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्