२३ जेष्ठ २०८२, शुक्रबार

 यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै चल्न थाले सार्वजनिक सवारी

कोलोराडोखबर संवाददाता , June 4th, 2025

नेपाल । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

आन्दोलन स्थगनसँगै दुई दिनदेखि ठप्प सार्वजनिक सवारीसाधन बुधबारदेखि सञ्चालनमा आएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबिच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि मङ्गलबार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्