अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अमेरिकास्थित उत्तरी क्यालिफोर्निया शाखा र ह्यूस्टन शाखामा नयाँ कार्यसमिति चयन भएको छ ।
यसैक्रममा उत्तरी क्यालिफोर्निया शाखाको अध्यक्षमा बाबु आचार्य, वरिष्ठ उपाध्यक्षमा रीतादेवी प्रधान, उपाध्यक्षमा दीपक पाठक, महासचिवमा नारायण भट्टराई, सचिवमा भरत डाँगी र कोषाध्यक्षमा किरण कट्टेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा निता आचार्य, इन्दु तामाङ, लक्ष्मण पन्थी, अमर तामाङ, बासुदेव घिमिरे र दीपक भण्डारी चयन भएका छन् ।
यता ह्यूस्टन शाखाको अध्यक्षमा सतिश त्रिपाठी, वरिष्ठ उपाध्यक्षमा मुना पौडेल, उपाध्यक्षमा साधना शर्मा, महासचिवमा मोदनाथ गिरी, सचिवमा नीलहरि आचार्य र कोषाध्यक्षमा अमृत लामिछाने चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रभा पाण्डे, लक्ष्मी गौडेल, अम्बी पहरी बराल, उषा पन्थी, सोमुना सुवेदी र अमृत कँडेल चयन भएको अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्