२५ जेष्ठ २०८२, आईतवार

‘बसाइँ’ उपन्यासका लेखक अग्रज साहित्यकार क्षेत्रीको निधन

कोलोराडोखबर संवाददाता , March 14th, 2025

नेपाल । अग्रज साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ ।

विसं १९८९ मा भारत असमको गुवाहटी क्षेत्र जन्मनुभएका क्षेत्रीले विगत लामो समय देखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिँदै आएका थिए । क्षेत्रीको विहीबार राति १०ः१० मा निधन भएको हो ।

क्षेत्री नेपाली भाषा र साहित्यका एक विशिष्ट हस्ती थिए । उनले २०१४ सालमा ‘बसाइँ’ जस्ता यथार्थवादी उपन्यासमार्फत नेपाली समाजको दुःख, विस्थापन र संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरेका थिए ।

अतृप्त, ब्रह्मपुत्रका छेउछाउ, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षत्रीका कथाहरू आदि प्रकाशित छन् । उपन्यास बाहेक कथा, निबन्ध, नाटक आदि लेख्ने गर्थे ।
क्षेत्रीको निधनले नेपाली साहित्य जगतमा अपूरणीय क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्