१७ माघ २०८२, शनिबार

विज्ञान/प्रविधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदै

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदै

अमेरिका । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याउनुभएको छ । “मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्,” उहाँले बिएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैले रेकर्ड गरेको भिडियोमा भन्नुभएको छ। भिडियोमा उहाँले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि लागू गर्न चाहेको बताउनुभएको छ। फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् । इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गत महिना पहिलो देश बनेको थियो। उनीहरूको विधेयकको मस्यौदा सोमबार फ्रान्सेली संसदमा पेश गरिनेछ। म्याक्रोँले भन्नुभयो, “१५ व...
नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह ‘मुनाल’ अन्तरिक्षमा अड्कियो

नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह ‘मुनाल’ अन्तरिक्षमा अड्कियो

नेपाल । नेपालले प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनाल अन्तरिक्षमा अड्किएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल र छिमेकी मुलुक भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको नानो स्याटेलाइट मुनाल अन्तरिक्षको सही अर्बिटमा नपुगी मोडिएर अड्किएको हो । भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान करिब १०ः३० बजे मुनाल भूउपग्रह प्रक्षेपण भएको थियो । काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीले उक्त भूउपग्रह निर्माण गरेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भए पनि प्रक्षेपणको समय बल्ल मिलेको नास्टका सदस्यसचिव रवीन्द्र ढकालले जानकारी दिनुभयो । पाँच वर्षअघि प्रक्षेपण भएको नेपालको पहिलो भूउपग्रह नेपाली स्याट वान नामक भूउपग्रह अन्तरिक्षको ४०० किलोम...
अनलाइन सुरक्षा सुनिश्चित गर्न अस्ट्रेलियाको नयाँ कदम

अनलाइन सुरक्षा सुनिश्चित गर्न अस्ट्रेलियाको नयाँ कदम

नेपाल । मेटाले सोमबार अस्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबिच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ । गत वर्ष डिसेम्बर १० देखि अस्ट्रेलियाले मेटा, टिकटक र युट्युब जस्ता ठुला प्लेटफर्मलाई अवयस्क प्रयोगकर्ताले खाता नखोल्ने आवश्यकता लगाएको छ । कानुन पालनामा यथोचित कदम नलिएको खण्डमा कम्पनीले ९३३ लाख अमेरिकी डलर० जरिवाना भोग्नु पर्ने छ । मेटाका संस्थापक मार्क जुकरबर्गले, इन्स्टाग्रामबाट तीन लाख ३१ हजार फेसबुकबाट एक लाख ७३ हजार र थ्रेड्सबाट ४० हजार भन्दा बढी खाता हटाइएको छ । कम्पनीले कानुन पालनामा प्रतिबद्धता जनाएको छ । मेटाले विज्ञप्तिमा भन्यो, “त्यसो भए पनि, हामी अस्ट्रेलियन सरकारले उद्योगसँग मिलेर सुरक्षित, गोपनीयता सुरक्षित, उमेर अनुसार उपयुक्त अनुभव प्रदान गर्ने उपाय ख...
नेपाल टेलिकमले ल्यायो वाइफाई सिक्स

नेपाल टेलिकमले ल्यायो वाइफाई सिक्स

नेपाल । नेपाल टेलिकमले वाइफाई सिक्स राउटर उपलब्ध गराउने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दी होम (एफटिटिएच) प्रविधिको इन्टरनेटलाई अझ गुणस्तरीय बनाउन यस किसिमको वाइफाई र एपी उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत न्यूनतम एक सय एमबिपिएस क्षमताको एफटिटिएच वितरण हुने कम्पनीले जानकारी दिएको छ । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुने कम्पनीले जनाएको छ । त्यस्तै इन्टरनेटको स्पिड पनि तीव्र हुने कम्पनीको दाबी छ । धेरै डिभाइसमा तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवा यसले उपलब्ध गराउने कम्पनीले जनाएको छ । टेलिकमले आफ्ना ग्राहकका लागि दुई वटा वाइफाई सिक्स प्याकेज उपलब्ध गराएको छ । जस अन्तर्गत व्यक्तिगत र प्रिमियम प्याकेज हुने छन् व्यक्तिगत प्याकेज अ...
टिकटकद्वारा अमेरिकी लगानीकर्तासँग संयुक्त उद्यम सम्झौतामा हस्ताक्षर

टिकटकद्वारा अमेरिकी लगानीकर्तासँग संयुक्त उद्यम सम्झौतामा हस्ताक्षर

अमेरिका । प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले अमेरिकी लगानीकर्तासँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले टिकटकलाई संयुक्त राज्य अमेरिकामा आफ्नो सञ्चालन निरन्तर कायम राख्न र चिनियाँ स्वामित्वमा प्रतिबन्धको खतराबाट जोगिन मार्ग प्रशस्त गरेको छ । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शौ च्यूले कर्मचारीलाई जानकारी गराउँदै टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्स ओरेकल, सिल्भर लेक तथा अबु धाबीस्थित एमजीएक्सलाई प्रमुख लगानी कर्ताका रूपमा समेटेर नयाँ अमेरिकी एकाइ गठन गर्न सहमत भएको बताउनुभएको छ । ओरेकलका कार्यकारी अध्यक्ष तथा संस्थापक ल्यारी एलिसन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दीर्घकालीन सहयोगी मानिनुहुन्छ । सम्झौताअनुसार, नयाँ अमेरिकी उद्यमको करिब आधा हिस्सा ओरेकल, सिल्भर लेक र एमजीएक्ससहितका नयाँ लगानीकर्ताको कन्सोर्टियमस...
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अमेरिका । अस्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागु भएको हो । उमेर समूह अनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवामा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बिच ८० प्रतिशत र ६५ वर्ष माथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार,“यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेट फर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोग कर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपले युवा प्रयोग कर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिकरूपमा प्रभावित गर्ने एल्गोरिदम...
एआईद्वारा र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन असम्भव

एआईद्वारा र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबीचको भिन्नता छुट्याउन असम्भव

अमेरिका । हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसका लागि कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा सिर्जना गरिएको सङ्गीत र मानवद्वारा कम्पोज गरिएको सङ्गीतबिचको भिन्नता छुट्याउन झण्डै असम्भव भइसकेको देखाएको छ । फ्रान्सस्थित सङ्गीत स्ट्रिमिङ प्लेटफर्म डिजरका लागि पोलिङ फर्म इप्सोसले गरेको अध्ययनमा करिब नौ हजार सहभागीलाई एआईले पूर्णरूपमा उत्पन्न गरेको दुई वटा सङ्गीत क्लिप र मानवद्वारा सिर्जना गरिएको एउटा क्लिप सुन्न आग्रह गरिएको थियो । नतिजा अनुसार, “सर्वेक्षणमा सहभागी ९७ प्रतिशत व्यक्तिले एआई निर्मित र मानव(निर्मित सङ्गीतबिचको स्पष्ट भिन्नता छुट्याउन सकेनन्”, डिजरले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । सर्वेक्षण अक्टोबर ६ देखि १० सम्म ब्राजिल, बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, जापान, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकामा सञ्चालन गरिएको थियो । डिजरका अनुसार आधाभन्दा बढी सहभ...
काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ

काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ

नेपाल । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो । मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौँको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ । साथै काठमाडौँको ठूलोभर्याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुन...
टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

अमेरिका । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन् । उहाँले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताउनुभयो । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाका कारण टिकटकको अमेरिकी सञ्चालन बाइटडान्सबाट अलग गर्न दबाब दिँदै आएको थियो । पूर्वराष्ट्रपति जो बाइडेनको नेतृत्वमा कङ्ग्रेसले बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बेच्न वा प्रतिबन्ध भोग्नुपर्ने कानुन पास गरेको थियो । अमेरिकी नीतिनिर्माताहरूले चीनले टिकटकमार्फत अमेरिकी प्रयोगकर्ताको डाटा सङ्कलन गर्न सक्ने वा तिनको सामाजिक सञ्जालमा देख्ने सामग्रीलाई प्रभाव पार्न सक्ने चेतावनी दिएका थिए । तर ट्रम्पले...
अमेरिका निवासी नेपालीमुलका बैज्ञानिक चन्दले पाए ३२ लाख अमेरिकी डलर अनुदान

अमेरिका निवासी नेपालीमुलका बैज्ञानिक चन्दले पाए ३२ लाख अमेरिकी डलर अनुदान

अमेरिका । अमेरिकाको मिजौरी राज्यस्थित सेन्टलुइसमा बसोबास गर्दैआएका नेपाली मुलका वैज्ञानिक डा. गणेश चन्दले ३२ लाख अमेरिकी डलर अर्थात साढे चार अर्ब रुपियाँभन्दा बढीको अनुदान सहायता प्राप्त गर्नुभएको छ । अल्जाइमर रोगसम्बन्धी एक विशेष अनुसन्धानका लागि अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले यो अनुदान सहायता उपलब्ध गराएको हो । डा. चन्दको नेतृत्वमा रहेको अनुसन्धान टोलीले अल्जाइमर रोगसम्बन्धी अनुसन्धान गर्न चार वर्षका लागि यो अनुदान सहायता प्राप्त गरेको बताइएको छ । डा। चन्द म्यालिक्रिट इन्स्टिच्युट अफ रेडियोलोजीका सहायक प्राध्यापक हुनुहुन्छ । नयाँ कृत्रिम बुद्धिमता प्रविधि (एआई) को विकास गरेर ठुलो स्तरको चिकित्सा स्क्यान, व्यवहारिक, क्लिनिकल (बिरामीको उपचार र हेरचाहसँग सम्बन्धित) र अनुवांशिक तथ्याङ्क अध्ययन गर्नेछ । अल्जाइमर रोगबाट हुने मानसिक समस्याको वास्तविक कारण पत्ता लगाउनुको साथै यसको नि...