४ चैत्र २०८२, बुधबार

खेलकुद

राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी बाहिरियो

राजस्थान रोयल्ससँग पराजित हुँदै आरसीबी बाहिरियो

नेपाल । भारतमा जारी आईपीएलमा बुधबारको खेलमा राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुदै रोयल च्यालेनजर्स बैंग्लौर (आरसीबी) लिगबाट बाहिरिएको छ । आरसीबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए । यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहल(क्याडमोरले २० रन बनाए । टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए। राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ । यसअघि हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स फाइनल प्र...
सनराईजर्स हैदराबादलाई पराजीत गर्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश

सनराईजर्स हैदराबादलाई पराजीत गर्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश

नेपाल । भारतमा जारी आईपीएलको मंगलबारको खेलमा सनराईजर्स हैदराबाद माथि जीत निकाल्दै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको छ। पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जीत दर्ता गर्दै कोलकाता उपाधि नजिक पुगेको हो ।​ हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टाएको हो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे । कोलकाता लागि मिचेल स्टार्कले ३ , वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए । दोस्रो क्वालिफायर शुक्रबार चेन्नईमा हुनेछ । फाइनल आगामी आइतबार चेन्नईमा नै हुने तालिका छ ।...
आईपीएलको प्लेअफमा पुगे यी चार टिम

आईपीएलको प्लेअफमा पुगे यी चार टिम

नेपाल । इण्डियन प्रिमियर लिग (आइपिएल) को आइतबार सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैंग्लौरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको बैंग्गलौरले चेन्नईलाई जितका लागि २१९ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा चेन्नईले ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सकेको थियो । यो जितसँगै चेन्नईसँग अंक बराबरी बनाएको बैंग्लौर रन रेटका आधारमा प्लेअफमा पुगेको हो । प्रतियोगितामा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगेका छन् ।...
रोयल च्यालेनजर्स बेंग्लौरद्वारा चेन्नाई सुपर किंग्स पराजीत

रोयल च्यालेनजर्स बेंग्लौरद्वारा चेन्नाई सुपर किंग्स पराजीत

नेपाल । भारतमा जारी आईपीएलको शनिबार सम्पन्न खेलमा चेन्नाई सुपर किंग्सलाई पराजीत गर्दै रोयल च्यालेनजर्स बेंग्लौर (आरसीबी) ले प्लेअफमा स्थान बनाएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई माथि २७ रनको जीत दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । आरसीबीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । त्यसअघि आरसीबीले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन जोड्यो । राउण्ड रोबिन चरणमा कोलकत्ता १ खेल बाँकी रहँदै १९ अंक सहित शीर्ष हुने पक्का भइसकेको छ । दोस्रो स्थानका लागि १६ अंक रहेको राजस्थान रोयल्स र १५ अंक रहेको सनराईजर्स हैदराबाद प्रयासरत छन् । हैदराबादले पञ्जाबको र राजस्थानले कोलकत्ताको सामना गर्नेछ । आइपिएलमा पहिलो क्वालिफायर १ मा फाइनल प्रवेशका लागि कोलकत्ता नाईट ...
सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीको स्वीकृति

सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीको स्वीकृति

नेपाल । बालिका बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ (क्यान) ले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृत गरेको हो । आईसीसीको स्वीकृतिसँगै क्यानले सन्दीपलाई खेलका लागि अमेरिका पठाउने तयारी गरेको छ । आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली पठाइसकेको छ ।...
लखनउ सुपर जायन्ट्सद्वारा मुम्बइ इन्डियन्स १८ रनले पराजित

लखनउ सुपर जायन्ट्सद्वारा मुम्बइ इन्डियन्स १८ रनले पराजित

नेपाल । भारतमा जारी आईपीएलको शुक्रबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्सलाई १८ रनले पराजित गरेको हो । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १९६ रनमात्रै बनायो । ओपनर रोहित शर्माले ६८ र नमन धिरले ६२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । यसअघि लखनउले ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । निकोलन पुरनले २९ बलमै ७५ रनको महत्वपूर्ण पारी खेले भने केएल राहुलले ५५ रनको योगदान गरे । मार्कस स्टोइनिसले २८ र आयुष बडोनीले २२ रन थपे । हारसँगै मुम्बइ अंकतालिकाको पुछारमा रहँदै लिग चरणबाट बाहिरिएको छ ।...
अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

अमेरिकाको कोलोराडोमा हुने इन्टर स्टेट ‘टीपीएलए कप २०२४’ का लागि टिम दर्ता खुला

कोलोराडो । तमु प्ये ल्हु अमेरिकाको आयोजना तथा एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लब (सीएनवाईसी) को सहआयोजनामा हुन लागेको अन्तरराज्य स्तरीय (इन्टर स्टेट) टीपीएलए कप २०२४ पुरुष भलिबल प्रतियोगिताका लागि टिम दर्ता खुला भएको छ । अमेरिकाको कोलोराडोमा नेपाली समुदायका बीचमा जुन २९ र ३० तारिख (शनिबार र आइतबार) का दिन पहिलो पटक अन्तरराज्य स्तरीय (इन्टर स्टेट) पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार र द्वितीय हुने टिमलाई ४ हजार डलर पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विभिन्न विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरुलाई अवार्डको व्यवस्था गरिएको छ । एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक तथा उक्त प्रतियोगिताका इभेन्ट को–अर्डिनेटर चन्द्र गुरुङका अनुसार प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता रहने आंकलन गरिएको छ । इच्छुक सहयोगीदाताहरुले प्र...
नेपालले अमेरिका र क्यानडासँग आईसिसी टी-२० विश्वकप अघि वार्म-अप खेल खेल्दै

नेपालले अमेरिका र क्यानडासँग आईसिसी टी-२० विश्वकप अघि वार्म-अप खेल खेल्दै

अमेरिका । अमेरिकाको टेकसासस्थिर ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपालले अमेरिका र क्यानडासँग आईसिसी टी-२० विश्वकप अघि वार्म-अप खेल खेल्ने भएको छ । नेपालले २७ मे मा क्यानडा विरुद्ध र ३० मे मा अमेरिकाको सामना गर्नेछ । नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ ।  ...
वर्षाले खेल रोकिंदा सनराईजर्स हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

वर्षाले खेल रोकिंदा सनराईजर्स हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

नेपाल । बिहीबार वर्षाका कारण टस नै नभई रद्ध भएपछि सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ। तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ । यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन् । कललकता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ । उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो । गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ती गरेको छ । आईपीएलमा आज मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन् ।...
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्न बाटो खुला

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्न बाटो खुला

अमेरिका । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुन लागिरहेको ट्वान्टी–२० विश्वकप खेल्न बाटो खुलेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ । ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्...