१५ कार्तिक २०८२, शनिबार

खेलकुद

विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा

विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा

नेपाल । बहराइनविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलवार गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको हो । ६ जना नयाँ खेलाडी समेट्दै फुटबल टोलीको घोषणा गरेको हो । भरत खवासले टोलीमा पुनरागमन गरेका छन् । अजय चौधरी, अभिषेक लिम्बु, सौभाग्य राई (सन्जित) , विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । एन्फाका अनुसार यही टोलीले मलेशियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ । नेपालले चैत २ गते मलेशियासँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । उक्त खेलका लागि नेपाली टोली भोलि नै मलेशिया प्रस्थान गर्दै छ। मलेशियासँगको खेललगत्तै नेपालले फिफा विश्वकप र एएफसी एशियन छनोट खेल्नेछ। विश्वकप छनोटअन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई ओटा खेल खेल्नेछ ।  ...
मैत्रीपूर्ण टी-२० खेलमा घरेलु टोली हङकङसँग नेपाल ७३ रनले पराजित

मैत्रीपूर्ण टी-२० खेलमा घरेलु टोली हङकङसँग नेपाल ७३ रनले पराजित

नेपाल । शनिबार सम्पन्न मैत्रीपूर्ण टी-२० आई खेलमा घरेलु टोली हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ । हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १३९ रनमा समेटियो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए । आरिफ शेख ३८ र कप्तान रोहित पौडेल ३० बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ११७ रनमा ३ विकेट गुमाएको नेपालले २२ रन जोड्दा थप ७ विकेट गुमाउन पुग्यो । यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।...
शनिबार नेपाल र हङकङबीच मैत्रीपूर्ण क्रिकेट

शनिबार नेपाल र हङकङबीच मैत्रीपूर्ण क्रिकेट

नेपाल । नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान हङकङमा सवा ११ बजे शुरु हुनेछ । नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई श्रृङ्खला हुँदैछ । त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ । ...
नेपाललाई हराउँदै नेदरल्याण्डस्ले जित्यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि

नेपाललाई हराउँदै नेदरल्याण्डस्ले जित्यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि

नेपाल । नेपालले अन्ततः टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जित्न सकेन । सोमबार नेदरल्यान्ड्सले नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको हो । त्रिवि मैदानमा भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो । नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।  नेपालका कुशल मल्लले ४ विकेट लिए । १९ औँ ओभरमा कुशल मल्लले २ विकेट लिए भने १२ रन खर्चिएका थिए । डच टोलीलाई अन्तिम ३ ओभरमा ४० रन चाहिएको थियो । त्यसअघि नेदरल्यान्ड्सले पहिलो विकेटका लागि ८ ओभरमा ८३ रनको साझेदारी गरेको थियो ।...
साफ १६ वर्ष मुनिको महिला च्याम्पियनशिपमा नेपालद्वारा भुटान ३-० गोलले पराजित

साफ १६ वर्ष मुनिको महिला च्याम्पियनशिपमा नेपालद्वारा भुटान ३-० गोलले पराजित

नेपाल । साफ यू-१६ महिला च्याम्पियनशिपमा नेपाल विजयी भएको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भूटानलाई ३-० गोलले पराजित गरेको हो । यो जीतसँगै शीर्ष २ मा पुग्ने झिनो सम्भावनालाई कायम राखेको छ । खेलको १४औं मिनेटमा पूजा गिरीले गोल गर्दै नेपाललाई अग्रता दिएकी थिइन् । १८ औं मिनेटमा कप्तान भूमिका बुढाथोकीले गोल गर्दै घरेलु टीमको अग्रता दोब्बर पारिन् । नेपालको लागि तेस्रो गोल ग्यान्छु डोल्मा लोले खेलको ३० औं मिनेटमा गरेकी थिइन् । खेलको दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल भएन र नेपालले खेल ३-० ले जित्यो । प्रतियोगितामा सुरुवाती दुई खेल गुमाएको भूटान च्याम्पियनशिपबाट बाहिरिएको छ । अब नेपालले भारतसँग हुने खेलमा जीत निकाल्न सके र बंगलादेशलाई भूटानले फराकिलो गोल अन्तरले पराजित गर्न सकेमात्रै नेपालले फाइनल यात्रा तय गर्नेछ । ...
विश्वकपको तयारीः १४ सदस्यीय नेपाली टोलीको घोषणा

विश्वकपको तयारीः १४ सदस्यीय नेपाली टोलीको घोषणा

नेपाल । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आइतबार घोषणा गरिएको टोलीमा पहिलो रोजाईका केही खेलाडीहरुलाई समावेश गरिएको छ । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई राखिएको छैन । रोहित पौडेल, कुशल भुर्तेल, विनोद भन्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेद यादब, रसिद खान, करण केसी, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरालाई हङकङ भ्रमणमा समावेश गरिएको हो । हाल जारी टी–२० शृंखला खेलिरहेका अनिल शाह पनि टोलीमा छैनन्। विश्वकपको तयारीका लागि नेपाली टोलीले हङकङमा खेल्न लागेको हो । नेपालले फागुन २६ देखि ३० गतेसम्म हङकङमा त्रिदेशीय टी–२० सिरिज खेल्नेछन् ।...
फ्रेन्च लिगमा नेपाली स्ट्राइकर साम्बाको पहिलो गोल

फ्रेन्च लिगमा नेपाली स्ट्राइकर साम्बाको पहिलो गोल

अमेरिका । नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च महिला लिगमा व्यक्तिगत पहिलो गोल गरेकी छन् । फ्रेन्च लिगमा पहिलो गोल एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहेकी साम्बाले शनिबार राति लिलविरुद्ध उक्त गोल गरेकी हुन् । साउदी अरबमा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी साम्बा त्यहाँबाट फान्स गएकी थिइन् । वाफ वुमन्सको अन्य खेलमा उनले ९ गोल गरेकी थिइन् । वैकल्पिक खेलाडीको रूपमा ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरेकी थिइन् । लिलविरुद्ध खेल २–० ले जितेपछि भण्डारीको क्लब ग्वेंगाम्प १६ खेलबाट १५ अंकसहित तालिकाको नवौं स्थानमा उक्लिएको छ ।  ...
टी-२० क्रिकेट शृङ्खलामा नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजीत

टी-२० क्रिकेट शृङ्खलामा नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजीत

नेपाल । शनिबार भएको त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकालेको छ । यो खेलमा जतिसँगै नेपालको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ । नेदरल्यान्ड्सले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको जित निकालेको हो । नेपालका जितमा कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे । २७ रनमा २ विकेट गुमाएको नेपाललाई कप्तान रोहित र गुल्सनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै जिततर्फ दोहोर्‍याएका हुन् । गुल्सन ३८ रन र कप्तान रोहित ४६ रनमा आउट भए । ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा नेदरल्यान्ड्सका भिभिएन किंग्माले सर्वाधिक ४ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभर ३ बलम...
मच्छिन्द्र फुटबल क्लबले जित्यो केपी ओली फुटबल कपको उपाधि

मच्छिन्द्र फुटबल क्लबले जित्यो केपी ओली फुटबल कपको उपाधि

नेपाल । शनिबार सम्पन्न केपी ओली फुटबल कपको दोस्रो संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । नेकपा एमालेको भाृतृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा १० टोली सहभागी थिए । दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो । उपाधि विजेता मच्छिन्द्रले रु ११ लाख र ट्रफी प्राप्त गर्यो भने उपविजेता एनआरटीले रु पाँच लाख प्राप्त गर्यो ।...
वाफ च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीले एन्फाबाट जनही ५१ हजार पाउने

वाफ च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीले एन्फाबाट जनही ५१ हजार पाउने

नेपाल । साउदी अरबमा सम्पन्न वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टीमका खेलाडीलाई एन्फाले जनही ५१ हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ । गत बिहीबार साउदी अरबमा भएको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजीत भएको थियो । प्रतियोगितामा सहभागी भई फर्केका खेलाडीहरुलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फा अध्यक्ष अध्यक्ष पन्कज नेम्वाङले स्वागत गर्दै सोमबार पुरस्कार दिने घोषणा गरे ।...