१९ कार्तिक २०८२, बुधबार

खेलकुद

बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

बकैया कपमा वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

नेपाल (हेटौंडा) । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार ३ खेल सम्पन्न भएको छ । मकवापनुरको बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३, ४ र ६ ले विजयी सुरुवात गरेको छ । प्रतियोगितामा वडा नम्बर ३ ले ७ लाई १–० गोलले हराएको हो । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच ३ नम्बरका आयुष नेगि घोषित भए । बिहीबार दुई टिम बीचको दोस्रो हाफको खेल भएको हो । बुधबार समय अभाव भएसँगै पहिलो हाफपछि खेल बिहीवारका लागि तोकिएको थियो । यस्तै बिहीबारको खेलमा वडा नम्बर ४ ले पनि १० लाई १–० गोलले हराएको छ। वडा नम्बर ४ का लागि दिपेश माझीले खेलको आठौं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच माझी घोषित भए । यस्तै तेस्रो खेलमा वडा नम्बर ८ लाई १(० गोलले हराउँदै ६ नम्बर विजयी भएको हो । वडा नम्बर ...
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरु सम्मानित

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरु सम्मानित

नेपाल । गत कार्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनशिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ । यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भुटानको थिम्पुमा भएको काबा बिच महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो । खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उनीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । २०८१ मंसिर २८ गते गरेको मन्त्रिपरिषदको निर्णयअनुसार साफ वुमन्स च्याम्पियनशिपमा दोश्रो स्थान हासिल गरेका नेपाली खेलाडीलाई आ...
पीएसजीले लगातार तेस्रो पटक जित्यो फ्रेन्च सुपर कपको उपाधि

पीएसजीले लगातार तेस्रो पटक जित्यो फ्रेन्च सुपर कपको उपाधि

अमेरिका । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । फाइनलमा पीएसजीले मोनाकोलाई एक–शून्य गोलले पराजित गरेको हो । पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका हुन् । कतारको दोहास्थित स्टेडियम नाइन सेभेन फोरमा गएराति भएको खेल प्रतिस्पर्धात्मक बनेको थियो । पछिल्लो १२ वर्षमा पीएसजी ११ पटक सुपर कप च्याम्पियन बनेको छ । चार पटकको विजेता मोनाको भने सन् २००० यता उपाधिविहिन छ ।...
बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

नेपाल (हेटौंडा) । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुभएको हो । प्रतियोगितामा सिनियरतर्फको उद्धाटन खेलमा वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा हुने भएको छ । उद्धाटन खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै जुनियरतर्फ पौष २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । बकैया–३ स्थित बकैया रंगशालामा प्रतियोगिता सञ्चालन हुने छ । यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको हो । यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सि...
इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर सिटीको जित

इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर सिटीको जित

अमेरिका । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले वेष्टहम युनाइटेडविरुद्ध ५–० को सहज जित निकालेको छ। आइतबार राति अवे मैदानमा सानदार जितपछि लिभरपुलले आठ अंकको अग्रता बनाएको छ । १८ खेल खेलेको लिभरपुलले ४५ अंक छ । दोस्रो स्थानमा रहेको नटिघंम फोरेष्टको ३७ अंक जोडेको छ । वेष्टहमको १९ खेलबाट २३ अंक छ र टोली १३ औं स्थानमा छ । ६२ हजार समर्थकमाझ अर्ने स्लोटले लिभरपुलले पहिलो हाफमै तीन गोल गर्दै वर्ष २०२४ सानदार बनाएको हो । टोलीको जितमा लुइस डिआज, कोडी गाक्पो मोहम्मद सलाह, ट्रेन्ट एलेन्जान्डर अर्नोल्ड र डिअगो जोटाले गोल गरेका हुन् । राति नै भएको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले लेष्टर सिटीलाई २–० ले हराएको छ । लगातार खराब प्रदर्शनमा गुज्रिरहेको सिटीलाई इङ्लिस प्रिमियर लिग फुटबलको यो जितले केही राहत मिलेको छ। साविक विजेता सिटीले पछिल्ला खेलहरुमा लय समात्नै सकेको थिएन । हाल सिटीभ...
पोखराको फेवातालमा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड

पोखराको फेवातालमा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड

नेपाल । पर्यटकीय नगरी पोखराको फेवातालमा नेपाल–चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता सुरू भएको छ । नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको नेपाल(चीन मैत्रीपूर्ण ड्रागन डुंगा दौड प्रतियोगिता आइतबारदेखि सुरू भएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० वटा समूह सहभागी छन् । सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिन चीनको छेन्दुबाट विमान चार्टर गरी १२९ खेलाडी पोखरा आएका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर...
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ निकासा

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ निकासा

नेपाल (हेटौंडा) । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट निकासा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि १० करोड बजेट दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार अनुदानका रुपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको छ । चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने अघिल्लो सरकारको निर्णयलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ निकासा दिइने भएको हो । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच लागत साझेदारीमा अलपत्र क्रिकेट रंगशालाको निर्माण अघि बढाउने सम्बन्धमा २१ कार्तिक २०८० मा सम्झौता भएको थियो ।...
नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश

नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश

नेपाल । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनको आदेश अवज्ञा गर्दै जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीले विधान संशोधन गर्दै पुस १३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको थियो । एनओसीको अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पदमा पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् । एक अध्यक्ष पदका लागि सोमबार अनलाइनमार्फत वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसहित महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलमा अध्यक्ष तेज गुरुङले उम्मेदवारी दिनुभएको थियो । यस्तै सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस सङ्घकी अध्यक्ष ज्योती राणासहित नौजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिनेमा पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसक...
नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग हुने, लोगो र स्लोगन सार्वजनिक

नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग हुने, लोगो र स्लोगन सार्वजनिक

नेपाल । नेपालमा पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ । लिगको आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका हुन् । ‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने केडिया ग्रुपले जनाएको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले जनाएको छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । कार्यक्रममा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबलको रजत विजेता नेपाली यू–२० राष्ट्रिय टोलीका सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । ...
अमेरिकामा नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

अमेरिकामा नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

अमेरिका । नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गर्नुभएको हो । यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो । ‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राख्नु भएको हो । यससँगै दिनेश २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ । यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाडौँ र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता...