कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर
-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको सहभागितामा सामुहिक रूपमा तिजको दरखाएका छन् ।
प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुखदुःख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा बसुन्धरा भुषालको सहभागिता भएको हो ।
कोलोराडो स्थित वेष्टमिनिष्टर सिटीमा आइतबार सांझ ५ बजे देखी राती १० बजेसम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमको शुरूमा सिष्टर्स ग्रुप दिदी बहिनी समुहका अध्यक्ष धन पौडेलले उपस्थित सब...









