
कोलोराडो निवासी शेर्पा समुदायले भव्यताका साथ मनाए ग्याल्पो ल्होसार (फोटो फिचरसहित)
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायले शनिबार २१५२औं ग्याल्पो ल्होसार भब्यताका साथ एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएका छन् ।
कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा एसोसीएसन अफ कोलोराडोको आयोजनामा उनीहरूले २१५२औं ग्याल्पो ल्होसार मनाएका हुन् । यहांस्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरबाट शेर्पा समुदायका सदस्यहरू उपस्थित भई भव्यताको साथ सिब्रु तथा अन्य सांस्कृतिक नृत्य प्रश्तुती गर्दै मनोरञ्जनका साथ ग्याल्पो ल्होसार सम्पन्न गरेका हुन् ।
उक्त समारोहमा लामागुरू, संस्थालाई सहयोग गर्ने बिभिन्न दाता, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, सगरमाथा आरोही, कलाकार, व्यवसायी, पत्रकार गन्यमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरूलाई खादा लगाइ सम्मान गरिएको थियो ।
ल्होसार कार्...