हेटौंडामा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रम सम्पन्न
नेपाल (हेटौंडा) । हेटौँडामा एक कार्यक्रमबीच सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले चर्चित हास्यव्यङ्ग्य कविताहरू वाचन गर्नुभएको छ ।
सिस्नुपानी नेपाल मकवानपुरको पाँचौँ अधिवेशनका क्रममा गाम्नागेका ‘एकल हास्यव्यङ्ग्य कविता वाचन’ कार्यक्रममा गाम्नागेले आफ्ना १३ कविताहरू प्रस्तुत गर्नुभयो ।
सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्नुभएको वाचन सत्रमा गाम्नागेले ‘१९ रसका कविता’, ‘सहिदका सपना’, ‘हेलो लक्ष्मण गाम्नागे– सञ्चै ?’, ‘बाहिर निस्कनु हानिकारक छ’ लगायतका व्यङ्ग्य कविताहरू सुनाउनुभयो । त्यसो त ‘आमाको चिठी’ र ‘बा’ कविताबाट समाजमा व्यस्त दैनिकी तथा भविष्य बनाउने नाममा सहर पसेर बेपत्ता भएका सन्तानबाट बुढाबुढीप्रतिको बदलिँदो व्यवहारलाई कटाक्ष गर्दा कार्यक्रमस्थल नै गडगड तालीले गुञ्जायमान भएको थियो ।
‘सरकारलाई सघाउनोस्’ भन्दै कविता सुनाउँदा होस् वा ‘खाउँ साथी हो खाउँ’ देखि ‘लेख...









