२३ भाद्र २०८२, सोमबार

भाषा/साहित्य

गजल

गजल

–मिथिला अधिकारी– खडेरी छ अझै कतै, कतै बर्षात आयो पहिरोले घर लगेको कालो रात आयो । नहुनेलाई साँझ बिहान हातमुख जोडिँदैन, हुनेलाई नै हजारौँको ब्रान्डी सौगात आयो । मै हुँ भन्दै आफुलाई ठूलो ठान्ने महाशय समाजको सामु ऐले तिम्रो औकात आयो । माया लाउँदा हिजो अस्ति केही सोचिएन, आज फेरि घरजम गर्न बिचमा जात आयो । फेरिन्छन यी नेताहरु लुगा फेरै जस्तै गरी जनताको मतको मूल्य बिश्वासघात आयो । –हेटौंडा ८ कमाने ।...
अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट

अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र एएनएको सहआयोजनामा उत्तर अमेरिकाव्यापी नेपाली कविता प्रतियोगितामा १७ जना कविहरु छनौट भएका छन् । प्रतियोगितामा पुरष्कृत प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रोहिणी शर्मा, तीर्थ पाण्डे र डन कार्कीद्वारा प्रायोजित पुरस्कारद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ३०० र २०० डलर पुरस्कार पाउने छन् । कार्यक्रममा बालतारा आशिर्वाद अधिकारी र नवरत्न पुरस्कार रीतादेवी प्रधानलाई पुरस्कृत गरिने छ भने अनेसासका सहयोगीलाई सम्मानित गरिनेछ । आगामी जूलाई १९–२१ सम्म अमेरिकाको क्यालिफोर्नियास्थित सन्फ्रान्सिस्को शहरमा हुन लागेको दि एशोसियशन अफ नेप्लिज इन अमेरिका (एएनए) को सम्मेलनका अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । कार्यक्रममा उपस्थित प्रतियोगी कवि र अतिथि कविहरूका छोटा कविता बाचन पनि हुनेछ । कविता महोत्सवमा ...
साहित्यकार निमेष निखिललाई ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान

साहित्यकार निमेष निखिललाई ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान

नेपाल (हेटौंडा) । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल ‘लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य सम्मान २०८१’ द्वारा सम्मानित हुनुहुने भएको छ । नेपाल भाषा खलः मकवानपुरद्वारा वर्ष २०८१ का लागि निखिललाई सम्मान गरिन लागिएको हो । यसअघि सो पुरस्कार दाना कविताका पहिलो सर्जक तुल्सी थापा (हाल स्वर्गीय) लाई प्रदान गरिएको थियो । साथै संस्थाले हरेक वर्ष कविता प्रतियोगिता समेत गर्दै आइरहेकोले यो वर्ष पनि लोककविको ११३औँ जन्मजयन्तिको अवसरमा सो पुरस्कार प्रदान गर्न लागिएको हो । प्रतियोगितामा भने प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार र सान्त्वना ३ हजार राशि रहेको आयोजकले जानकारी दिएको छ । श्रावण ५ गते प्रतियोगिताका क्रममा निखिललाई उक्त सम्मान प्रदान गरिने छ ।...
झरनाको ३०५औँ साहित्य शृङ्खलाअन्तरगत ‘झरीमा कविता’ कार्यक्रम सम्पन्न

झरनाको ३०५औँ साहित्य शृङ्खलाअन्तरगत ‘झरीमा कविता’ कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । हेटौँडा–५ मा रहेको ठिकठिक खाजा घरमा सोमबार मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०५औँ नियमित शृङ्खलाअन्तरगत झरीमा कविता शृङ्खला गरेको छ । संस्थाको संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको आतिथ्यतामा भएको सो कार्यक्रममा बोल्नुहुदै उहाँले यस संस्थाले हरेक परिस्थितिमा पनि नियमित कार्यक्रम गर्न नछोडेको सम्झनुहुदै यसरी कार्यक्रमहरू हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौला, झसाप मकवापुरका निवर्तमान अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिना, सचिव सुवास सजल, लघुकथा साहित्य चौतारी मकवानपुरका संयोजक किशन पौडेल, कथाकार समिर पाख्रिन, कवि सुबास खनाल, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाललगायतले रचना वाचन गर्नुभएको थियो...
देश विदेशमा उल्लासका साथ मनाइयो २११औँ भानु जयन्ती

देश विदेशमा उल्लासका साथ मनाइयो २११औँ भानु जयन्ती

नेपाल । असार २९ गते शनिबार देश विदेशमा २११औँ भानु जयन्ती उल्लासका साथ मनाइएको छ । यसैक्रममा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको भानु जयन्ती विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमा भानुको प्रतिमामा माल्यार्पण, श्रद्धाञ्जली अर्पण, स्रष्टा सम्मान तथा उनको योगदानको चर्चा गरियो । प्रज्ञा प्रतिष्ठानबाट प्रभातफेरि सहित शोभायात्रा गरेर पुन प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमै फर्केपछि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । भाषा साहित्यका वरिष्ठ साधकद्वय प्राडा नोवल किशोर राई र माया ठकुरीलाई रथारोहणसहित सम्मान गरियो भने शोभायात्रा तथा प्रभातफेरीमा उत्कृष्ट भएका विद्यालयहरू पुरस्कृत भए । कार्यक्रममा भानुभक्तका रचनाहरू वाचन गरिएका थिए । प्रमुख अतिथि सभामुख घिमिरेले साहित्यले राष्ट्रलाई अघि बढाउँछ भन्नुभयो । भान...
हेटौँडामा पहिलोपटक प्रभातफेरीसहित भानु जयन्ती मनाइयो

हेटौँडामा पहिलोपटक प्रभातफेरीसहित भानु जयन्ती मनाइयो

नेपाल (हेटौंडा) । शनिबार भानु प्रतिष्ठान नेपाल, बागमती प्रदेश कार्यसमितिले प्रदेशको राजधानी हेटौँडामा आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीमा प्रभातफेरी तथा साहित्यिक कार्यक्रम गरेको छ । सोलिड्यारिटी इन्टरनेसनल माविमा साहित्यकार, शिक्षक, बिध्यार्थी, पत्रकार करिब २०० जना जम्मा भएर शुरु भएको प्रभातफेरी बसपार्क, बुद्ध चोक, सिमा चोक हुँदै पुनः सोलिड्यारिटी इन्टरनेसनल माविमा पुगेर सभामा परिणत भएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमुख अथितिका रुपमा मन्तव्य राख्नुहुँदै भानु जयन्तीलाई प्रदेशहरूमा पनि मनाउन शुरुआत गर्नु ठूलो कुरा भएको र आगामी दिनमा यसलाई जनस्तरसम्म लानुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा साहित्यको विकास राम्रो भएको तर अझै मलजल गर्न आवश्यक रहेको कुरा बिर्सन नहुनेमा जोड दिनुभयो । उहाँले साहित्य लेखनका समयमा समाजलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा सोलिड...
वासुदेव-भानु स्मृति साहित्य सम्मानबाट दीपक गौतम सम्मानित

वासुदेव-भानु स्मृति साहित्य सम्मानबाट दीपक गौतम सम्मानित

नेपाल (हेटौंडा) । बासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले साहित्यकार दीपक गौतमलाई सम्मान गरेको छ । आदिकवि भानुुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा मकवानपुरगढी गाउँपालिका–३ भानु माविमा आयोजित बासुदेव–भानु स्मृति साहित्य सम्मान, कविता प्रतियोगिता तथा रचना वाचन कार्यक्रममा साहित्यकार गौतमलाई बासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ बाट सम्मानित गरिएको हो । नेपाली भाषा साहित्यमा पुुर्याएको योगदानको मूल्याङ्न गर्दै उनलाई सम्मानित गरिएको जनाइएको छ । साहित्यकार गौतमलाई सम्मानपत्रका साथ नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । साहित्यकार गौतमलाई विशेषतःनेपाली भाषा, साहित्यको क्षेत्रमा नवपुस्तालाई जोड्न पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ । यसअघि यो सम्मानबाट रामचन्द्र आचार्य (फुर्सदी), पुुरुषोत्तम आचार्य, प्रभा भट्टराई, श्यामकुमार बानियाँ, नरेन्द्र परास...
बाल गीतिकविताः आज आकाश खुल्यो

बाल गीतिकविताः आज आकाश खुल्यो

–रमेशचन्द्र घिमिरे– कालो कालो बादलुले पानी पार्न भुल्यो धेरै दिनको झरीपछि आज आकाश खुल्यो । यति सफा आकाश कठै मैलो थियोे हिजो तारन्तारको रुन्चे झरी भा थ्यो साह्रै झिजो । जङ्घार तर्न सजिलो भो बाढी केही घट्यो हिलो माटो ओभानो भो पैह्रो जान हट्यो । निलो निलो आकाशमा सेतो बादल डुल्यो धेरै दिनको झरीपछि आज आकाश खुल्यो । उज्यालिए डाँडाकाँडा, गाउँ बस्ती वन जसै आकाश सफा भयो, सफा भयो मन । गरिबको झुपडीमा न्यानो घाम लाग्यो डरैडरमा कति बाँच्नु पिर टाढा भाग्यो । मनकै फूलबारीको फूल हाँस्यो फुल्यो धेरै दिनको झरीपछि आज आकाश खुल्यो । –भोर्लेटार, लमजुङ ।...
लघुकथाः थुथु

लघुकथाः थुथु

–आरसी रिजाल– टेक्सस अमेरिकामा बस्छन् रमाको छोराबुहारी । दुवैजना जागिरे । नाती जन्मेको थाहा पाएपछि छोरासँग मोबाइलमा “नातीको मुख हेर्न र त्यसलाई स्याहार्न साह्रै रहर लाग्या’छ । मलाई कहिले बोलाउँछस् बाबु ?” छोरा “अहिले हजुरकी सम्धिनी आउनुभएको छ । उहाँ फर्केपछि अर्को वर्ष बोलाउला नि ।” रमा दिन र महिना गन्दै गाउँलेलाई आफू अमेरिका जाने कुरा सुनाउँदै हिँड्थिन । पुगिन् अमेरिका । साउँको भन्दा व्याजको माया भन्ने उखान चरितार्थ भयो । टुकुटुकु हिँड्दै नाती केटो हाँसेको र चकचक गरेको देख्दा उनी दङ्ग पर्थिन् । नातीलाई बिहान घुमाउन लैजादा गाजलको र साँझमा घुमाउन लैजाँदा आफ्नो पैतालामा थुक दलेर चन्दन झैँ माटोको टीका लगाइदिन्थिन् । सायद मान्छेको आँखा र भूतप्रेत नलागोस भन्ने आशयले होला । रमाले नाती स्याहारेर घरधन्दा गर्दा पनि बुहारीले बेलाबेलामा “यस्तो गर्नपर्छ, उस्तो गर्नपर्छ” भन्दै झर्कोफर्को त गर्थि...
गजल

गजल

–मिथिला अधिकारी– कहिले उकाली कहिले ओराली जस्तो, जिन्दगी कैले चुली, कैले खाली जस्तो । उता छौ तिमी जिन्दगी दुखे पनी हाँसिरहने बगैंचामा फक्रिएको फूलको लाली जस्तो । सधैं प्यासी छ बगर नदीकै छेउमा भएपनि खडेरीले खाएको किसानको बाली जस्तो । हुन त म त्यही हाँगो हुँ छुट्टिएको रूखबाट, आफ्नै फलको भारले लाछिएको डाली जस्तो । हिजोसम्म शिरमा अचायौ गंगाजल सम्झेर, कसरी जान सक्यौ नाघेर आज नाली जस्तो । म छोरी हुँ, म पत्नी हुँ, म आमा हुँ जगतकी , परिआए मैदानमा हुनुपर्छ मैले काली जस्तो । –हेटौंडा ८ कमाने ।...