१० माघ २०८२, शनिबार

भाषा/साहित्य

कविता: ‘कविता र म’

कविता: ‘कविता र म’

-सुदीपभद्र खनाल- आउ हे कविता मेरी पसी अन्तर चित्तमा पखालेर सफा पार जो छन् कल्मष वृत्तमा लोभ क्रोध जरा मोह हटाई इन्दुरश्मिले - व्याप्त ; अनन्त आकाश म बनूँ शुभ्र शान्तिले तृष्णाका भेलले भग्न व्यथाका ज्वारले जली बनेको छु वृथा क्लान्त शीत ताप खपी गली ढाकिएछु घटाले म चिसो स्थूल पहाड भै चम्काऊ कविता आऊ भोर उद्दिप्त रश्मिभै च्यातेर दृष्टिको जालो फाली अज्ञानको तह पिलाऊ ज्ञानगंगाको सुधारस मिठो मह निकाल मनको मैलो तम अन्ध विकार यो रश्मिले टल्किएजस्तो शैलझैँ चित्त पार यो पसेर आँतमा हेर जाँच संसारको छवि जगाऊ जो सुतेको छ थाकेर भित्र जिन्दगी भर निर्माणको आगो भोक निष्ठा र त्यागको फेर संसारको नग्न रूप फेर समाज यो ए मेरी कविता आऊ गाऊ प्रेम सुकर्मका गीत सगर्व मान्छेका कानमा न्यायका ऋचा करुणा भावले हेर सृष्टि यो वुद्ददृष्टिले पार यो धरती स्वर्ग कविता ज्ञान वृष्टिले -अमेरिका । ...
कविता: म एउटा समुन्द्र

कविता: म एउटा समुन्द्र

-लालगोपाल सुवेदी- म एउटा समुन्द्र हुँ आफैभित्र हेरिरहेछु ‘ प्रतीत्य समुत्पाद ‘ चित्र छालहरू आइरहन्छन् छालहरू गइरहन्छन् निष्काम कर्मभाव हो स्वयम्मा पवित्र म हेरिरहेछु आँखा नझिम्क्याई निर्निमेष आउने जाने पात्रहरूको चरित्र वल्लो किनार छ यथावत पल्लो किनार छ उस्तै दुरुस्तै यो आकाशजस्तो मन सघन अन्घकारमा पनि किरणहरूको बैंसालु ज्वारमा पनि अटल छ, अविचल छ न त तिकडम न त छल छ धर्ती मेरी माता आकाश मेरा पिता खोलाहरू , खहरेहरू आऊ मसम्म भुइँकुहिरो भएर , बादल भएर र कहिलेकाहीं चट्ट्याङ भएर गर्जिए पनि म पानी हुँ कीतपतङ्ग, वृक्ष वनस्पति र समस्त प्राणीहरूको जीवनकहानी हुँ म फूलहरूमा रङ्ग हुन्छु सुम्सुम्यायौ भने मलाई ढंगले तरङ्ग , तरङ्ग, विद्युत् तरङ्ग हुन्छु म तिम्रै गीतको संगति हुँ तिम्रै नसा नसामा बगिरहेको रक्तलहर जीवन र गति हुँ म तिम्रो कवितामा नअटाएको कविता गायौ भने रुद्रकण्ठले...
गीत: झुलुक्क आउने झुलुक्क जाने बतास नहुनु…

गीत: झुलुक्क आउने झुलुक्क जाने बतास नहुनु…

-आर. आर. चौलागाईं- तिम्रो जीवन निराश छैन हताश नहुनु झुलुक्क आउने झुलुक्क जाने बतास नहुनु । नदी पनि बगिरहन्छ बाधा अड्चन भोगिरहन्छ फूल पनि फुलिरहन्छ काँडाले उसलाई घोचिरहन्छ दूबोजस्तै हुनु तिमी झारजस्तो हुँदै नहुनु सतीसाल हुनु तिमी नर्कटजस्तो कहिल्यै नहुनु । हिमाल हेर त जस्तै परोस् हाँसीहाँसी उभिरहन्छ कोइली पनि कुहुकुहु गर्दै उसको गीत गाइरहन्छ दियोजस्तै बल्नु तिमी अँध्यारोसित लडिरहनु माटोजस्तै हुनु तिमी बालुवाजस्तो कहिल्यै नहुनु । -हेटौंडा, मकवानपुर ।...
लघुकथा: बन्धनमा मृत्यु

लघुकथा: बन्धनमा मृत्यु

-आरसी रिजाल- आदर्श मेरो अन्तरङ्ग लँगौटीया मित्र -- उसका भोगाइ मबाहेक अन्त भन्दैनथ्यो। ४०बर्ष अगाडि सुनाएको पीडादायिक घटना आजसम्म मैले भुल्न सक्याछैन्। पीडा गुमस्याएर राख्न हुन्न भन्छन्। त्यसैले मन हलुँगो पार्दैछु -: तिनभाइमा आदर्श जेठो। आमा मानसिक रोगी-- कहिलेकाहीँ घरबाहिर निस्केर छिमेकीलाई गाली गर्ने--कहिले हराएर खोज्न जानपर्ने।एकजनाले छोड्नै नमिल्ने।उबेलाँ धामीझाँक्रीबाट उपचारका नाममा -- कुचोले हिर्काउने,खोर्सानीको धुप सुँघाउने, पन्यौ तताएर डाम्नेसम्म गरेकै हुन् । आमालाई तिनभाइले एकएक रात पालो मिलाएर कुर्थे ।आदर्शको पालोको दिन बिहान चारबजे बिउँझेर आमालाई छाम्दा सिताङ्ग पायो। अनि करायो -- लौ न आमा बोल्नु हुन्न, के भयो ? छिटोछिटो आओ..........। आमाको मृत्युको केहि बर्षपछि प्रबचनमा -- " मातापिता जीउँदै छँदा सेवा नगर्ने पुत्रले मृत्युपछि गोकर्ण,मुक्तिनाथ त के गया पुगेर चढाएको पिण्ड ...
बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम

बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम

नेपाल । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ । कथाका लेखक गुरुङलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो । इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । लेखक गोतामेलाई ६० हजार नगदसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका तीन कथाका कथाकारलाई प्रधानमन्त्री सुशीला कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगाय...
बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको प्रथम अधिवेशन तथा एघारौँ शृङ्खला सम्पन्न

बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको प्रथम अधिवेशन तथा एघारौँ शृङ्खला सम्पन्न

नेपाल । बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको आयोजनामा श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालय कर्मैया सर्लाहीमा संस्थाको प्रथम अधिवेशन तथा एघारौँ शृङ्खला सम्पन्न भएको खबर छ । कार्यक्रममा मधेस प्रदेशका बारा, महोत्तरी, रौतहट, पर्सा तथा सर्लाहीका साथै वाग्मती प्रदेशको मकवानपुर तथा सिन्धुलीका साहित्यकारहरूको राम्रो उपस्थिति थियो । यसरी सहभागी स्रष्टाहरूमध्ये कुमार दाहाल कुसुम, माधव काफ्ले, लालबाबु शर्मा, बाबुराम फुयाल, लक्ष्मण पोखरेलले छन्द कविता तथा राम उदित, शम्भु गजुरेल, नारद काफ्ले, भवानी घिमिरे, सीता पन्थी, मीना देवकोटा, अमरिस भगत, टङ्क उप्रेती, लीला खड्का, लक्ष्मण पौडेल, अर्चना लुइँटेलले गद्य कविता वाचन गरेका थिए । यसै गरी हरिकृष्ण काफ्ले र प्रदीप धनञ्जयले मुक्तक तथा धनमाया राई तथा सुमित्रा आचार्यले गजल सुनाएका थिए । सो कार्यक्रममा बुढ्यौली साहित्य समाज गठन अभियानमा सक्रिय रहेवापत नि...
‘उनले छोडेको उज्यालो’ सार्वजनिक

‘उनले छोडेको उज्यालो’ सार्वजनिक

नेपाल । साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन गरिएको छ । आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर बुटवलमा लेखिकाका पिता कृष्णलाल आचार्यले कृति विमोचन गरेका हुन् । बुटवलस्थित मानव सेवा आश्रममा आश्रित वृद्ध आमा–बुबालाई भोजन गराएर पुस्तक विमोचन गरिएको थियो । यसअघि आचार्यको पहिलो उपन्यास ‘मलिलो माटो’ २०७८ मा प्रकाशनमा आएको थियो । ‘उनले छोडेको उज्यालो’मार्फत व्यक्तिगत र आत्मपरक विषयलाई साहित्यिक रूप दिएको आचार्यले बताएकी छन् । यो पुस्तक आमाको निधनपछिको शोक, रिक्तता र स्मृतिमा आधारित संस्मरण हो । पुस्तकको मूल्य ५३३ राखिएको छ ।...
डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ लोकार्पण

डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ लोकार्पण

नेपाल । उपन्यासकार डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ लोकार्पण भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कवि श्यामल, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षा र उपन्यासकार सापकोटाले कृति लोकार्पण गरे । यौन मनोविज्ञानमा आधारित यस उपन्यासमाथि समीक्षक राजकुमार बानियाँले विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यासलाई पठनीय बनाएको बताए । समीक्षक सुमन वर्षाले एक नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्छन् भन्ने विषय रहस्यपूर्ण रूपमा अभिव्यक्त भएकाले उपन्यास रोचक रहेको बताइन् ।...
नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न

नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न

नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा चितवनको भरतपुरमा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको छ । विद्यालयमा कुलपति कार्यक्रमअन्तर्गत नारायणी नमुना माध्यमिक विद्यालय, भरतपुरमा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसैगरी, नेपाल प्रज्ञा–प्रतिष्ठानअन्तर्गत मौखिक इतिहास, काव्य एवं समाजशास्त्र विभागको आयोजनामा एक दिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत र डा। कौशिला रिसालको उपस्थिति थियो । प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा अम्मन जोशीसहित पाँच जना विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि टिप्पणी र विमर्शसमेत गरिएको थियो । शब्द, कला तथा साहित्य प्रतिष्ठान चितवनको संयोजनमा सम्पन्न ग...
बाह्रखरी कथा लेखन प्रतियोगिता-२०८२’ का उत्कृष्ट २५ कथाहरू चयन

बाह्रखरी कथा लेखन प्रतियोगिता-२०८२’ का उत्कृष्ट २५ कथाहरू चयन

नेपाल । सातौँ संस्करणको ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ का लागि प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरू चयन भएको छ । बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२ को मूल निर्णायक समूहका संयोजक साहित्यकार अशेष मल्ल तथा सदस्यहरू कथाकारद्वय मञ्जु काँचुली र अभय श्रेष्ठ सम्मिलित टोलीले उत्कृष्ट २५ कथा चयन गरेको हो । यस वर्षका उत्कृष्ट २५ मा पर्न सफल कथाका कथाकारहरूमा चेतनाथ आचार्य, उमेश श्रेष्ठ, शेखर दहित, शिवराज शाही, कृष्णराज सर्वहारी, ऋतेश गुरुङ, प्रज्ञा निरौला, सीता पाण्डे, भोगेन्द्र लिङ्देन, हरिबोल काफ्ले, वसन्तबायुङ राई (नाम्दोचा), लक्ष्मण सिटौला, इन्द्रप्रसाद गोतामे (जगतजङ्ग), जमुना भट्टराई, अनिता पन्थी, अविनाश भट्टराई, मन्दिरा मधुश्री र अमित घिमिरे रहेका छन् । त्यसैगरी, अन्य कथाकारमा टीकाराम पोखरेल, उमा शर्मा, अनिता कोइराला, विष्णु एस राई, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा र डा. ...