१ चैत्र २०८२, आईतवार

भाषा/साहित्य

कथाः उसले खोजेको घाम

कथाः उसले खोजेको घाम

–सुवास खनाल– ‘मलाई अनुभव भइरहेको शरिरको यो कम्पन ज्वरोको हो वा अभावको कुनै आकृति हो ?’ जब समीरसँग मेरो भेट भयो, मलाई लाग्यो ऊ यही सोचेर बसिरहेको छ । समीर अध्ययनमा राम्रो व्यक्ति हो । म उसको कोठामा गत महिनाको हप्तान्त भेट्न गएको थिएँ । एमएस्सीको प्रवेश परीक्षा दिने बेलातिर उसको र मेरो पहिलो भेट भयो । अहिले अन्तिम वर्ष । अध्ययनको यो तह झन्डै समाप्त हुन लागेको छ । कलेज अध्ययनको सिलसिला सकिइसकेको छ तर परीक्षा भने सुरु भएको छैन । म भेट्न पुग्दा ऊ अलिक बिमारी रहेछ । ऊ भन्दै थियो–‘यार ! यो इक्जाम पनि नदिऊँ जस्तो लाग्दैछ ।’ उसका कुराले मेरो मनमा नराम्रो चस्का दियो । म सोच्दै थिएँ –‘परीक्षा जस्तो विषय पनि यति सजिलै नदिने भन्ने विचार ऊसँग कसरी जन्मियो ?’ उसको कोठामा माकुराका जालाहरू प्रशस्तै लागेको थियो । बिमारीकै कारण कोठा सफा गर्ने परिस्थिति नमिलेको हुन सक्छ भन्ने सम्झेँ । सहरमा सस्तै खालको को...
गजलः उपेक्षाले सेकिएर आन्दोलनमा छन् शिक्षक

गजलः उपेक्षाले सेकिएर आन्दोलनमा छन् शिक्षक

–लक्ष्मण आचार्य– वर्षौंदेखि हेपिएर आन्दोलनमा छन् शिक्षक । उपेक्षाले सेकिएर आन्दोलनमा छन् शिक्षक । अधिकारको लडाइँ हो यो वर्षौं दबिएको सतहमा देखिएर आन्दोलनमा छन् शिक्षक । आन्दोलनको निन्दा गर्नेहरूले बुझे हुन्छ नियतिले घेरिएर आन्दोलनमा छन् शिक्षक । थोत्रो ऐन विधानले कति काम चलाउँछौ ? धाराहरूले सेरिएर आन्दोलनमा छन् शिक्षक । शिक्षामा थुप्रिएका समस्याका चाङहरू कत्ति पनि नहेरिएर आन्दोलनमा छन् शिक्षक । –चन्द्रपुर, रौतहट ।...
कविता: एउटा क्रुर शासकको उद्घोष

कविता: एउटा क्रुर शासकको उद्घोष

-आर. आर. चौलागाईं- म नै राष्ट हुँ म नै संविधान हुँ र म नै सार्वभौमसत्ता हुँ । म नै भूत हुँ म नै वर्तमान हुँ र म नै भविष्य हुँ । म नै आदि हुँ म नै मध्य हुँ र म नै अन्त्य हुँ । म नै पाताल हुँ म नै धरती हुँ र म नै आकाश हुँ । म नै ब्रह्मा हुँ म नै विष्णु हुँ र म नै महेश्वर हुँ । -हेटौंडा, मकवानपुर ।
लघुकथा: अनागरिक

लघुकथा: अनागरिक

-आरसी रिजाल- एकअर्काको हात समाएर लैनो भैंसीको पाडो हिडेँझैँ हिँड्ने बुढाबुढी देखेको झण्डै एकसाता भयो। दुबै वृद्ध भएकाले कसले कसलाई सहारा दिएर हिँडेका हुन् ठम्याउन सकिदैनथ्यो। एकदिन खुलदुली मेट्न नगिचै पुगेर सोधेँ। बुढाले -- वृद्धभत्ता पाइन्छ रे भनेर नागरिकता बनाउन आएको। प्रशासन र वडा कार्यालय धाँउदाधाँउदा हत्तु भैयो भने। सहयोग पुर्‍याउन सकिन्छ कि भनेर वडामा पुगेँ। वडा अध्यक्षले -- उहाँहरु ७०/७५ बर्ष अगाडि यहि वडाको लामिडाडा भन्ने ठाउमा जन्मेको भन्नुहुन्छ।त्यहाँको बस्ती उठेको तिसौँ बर्ष भयो होला। मुचुल्का उठाउन चिन्याजान्या कोहि छैन। र अन्य प्रमाणिात कागजात केही छैन। अनाहकमा हामी फस्छौँ।जिल्ला प्रशासनमै जानुस् भने। जिल्ला प्रशासनमा वडाको सिफारिसबिना नागरिकता उपलब्ध गराउन सम्भव छैन भने। मैले -- उहाँलाई लामिडाडाको पानीको मुहान, खोल्साखोल्सी, चौतारो ,गौचरन आदि सबै थाहा छ भन्नुहुन्छ ।अनि उह...
बालकविताः धुरुधुरु रुन्छु म

बालकविताः धुरुधुरु रुन्छु म

–रमेशचन्द्र घिमिरे– बरु गाली गरेमा चुप लागेर सुन्छु म पिटाइ खान डर लाग्छ धुरुधुरु रुन्छु म माया गरी फकाउनू कुरा बुझ्ने भा’को छु घर जस्तै ठानेर स्कुलमा आ’को छु धेरै पढी उन्नतिको शिखरलाई छुन्छु म लौरो देखाई नतर्साउनू धुरुधुरु रुन्छु म सम्झाएर पढाए पो कुरो बल्ल बुझिन्छ गुरुमा र गुरुलाई देउता जस्तै पुजिन्छ हजुर झैँ बुझ्झकी ज्ञानी मान्छे हुन्छु म चर्को डाँको सुन्यो कि त धुरुधुरु रुन्छु म । –भोर्लेटार, लमजुङ ।...
प्रज्ञा-प्रतिष्ठानद्वारा दुवाल र चन्दलाई पुरस्कार दिने घोषणा

प्रज्ञा-प्रतिष्ठानद्वारा दुवाल र चन्दलाई पुरस्कार दिने घोषणा

नेपाल । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ को घोषणा गरेको छ । वरिष्ठ साहित्यिक पत्रकारद्वय मोहन दुवाललाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र वीरबहादुर चन्दलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा प्रज्ञा–प्रतिष्ठानले गरेको हो । वरिष्ठ साहित्यिक पत्रकार दुवालले बिसको दशकदेखि साहित्यिक पत्रकारिता गर्दै आउनुभएको हो । उहाँको प्रधान सम्पादकत्वमा जनमत साहित्यिक मासिक काभ्रेबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको छ । देश विदेशमा समेत प्रसिद्व जनमतले ३३० अङ्क प्रकाशित गरिसकेको छ । यो नेपाली भाषाको उत्कृष्ट साहित्यिक पत्रिकामा पर्दछ । स्रष्टा–द्रष्टा र सङ्गठक लगायतका बहुक्षेत्रमा विशेष योगदान गरेका दुवाल जनमत वाङ्मय प्रतिष्ठान तथा नेपा...
राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गरिने

राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गरिने

नेपाल । नेपाली लेखक संघले ‘राष्ट्रिय लेखक पुरस्कार–२०८२’ वरिष्ठ आख्यानकार धुव्रचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ । संघको काठमाडौँमा पदाधिकारी बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर यही वैशाख १६ गते आयोजना गरिने कार्यक्रममा रु एक लाख राशिको उक्त पुरस्कार गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो । संघले देशका लब्ध–प्रतिष्ठित २५ वरिष्ठ लेखक साहित्यकारलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय समेत गरेको छ ।...
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको निबन्ध संग्रह ‘शब्द सायारेम’ लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको निबन्ध संग्रह ‘शब्द सायारेम’ लोकार्पण

नेपाल । कवि, गीतकार, निबन्धकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको वैचारिक निबन्ध संग्रह ‘शब्द सायारेम’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक खगेन्द्र सङ्ग्रौला, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले कृतिको लोकार्पण गरेका हुन् । सभ्यताको विकासको आधारस्तम्भलाई उधिन्दै तानाशाहलाई प्रश्न गर्ने बागी विचार राईका निम्बन्धमा भएको लेखक सङ्ग्रौलाले बताए । कोलम्बस र पृथ्वीनारायण शाहमाथि लेखकले उठाएका प्रश्नहरूले बहुलता र बाग्द्वार खडा गर्ने सङ्ग्रौलाको भनाइ थियो । भाषा आयोगका अध्यक्ष ठाकुरले राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने बताए । लेखक राईले निबन्ध लेखनको सकस र वैचारिकता परिवेशबारे बोल्दै धन्यवाद व्यक्त गरे । बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य मोटो गाताको ८०० र पातलो गाता...
गजल मञ्च मकवानपुरको अध्यक्षमा सञ्जित श्रेष्ठ चयन

गजल मञ्च मकवानपुरको अध्यक्षमा सञ्जित श्रेष्ठ चयन

हेटौंडा (नेपाल) । गजल मञ्च मकवानपुरको चौथो अधिवेशनबाट सञ्जित श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा हरि पौडेल, सचिवमा कमल नेपाल, सहसचिव गौरी कँडेल, कोषाध्यक्षमा स्वस्तिका दहाल, सदस्यहरुमा देव रिटर्न र सबिना प्रयासी चयन भएका छन् । थप २ सदस्य पछि मनोनित गरिने बुझिएको छ ।...
कविता: भन ! तिम्रो अन्तिम इच्छा के छ ?

कविता: भन ! तिम्रो अन्तिम इच्छा के छ ?

-आर. आर. चौलागाईं- गोली खाएर मर्छौ कि आगोमा जलेर मर्छौ ? फाँसीमा झुन्डिएर मर्छौ कि विष खाएर मर्छौ ? बाढीमा बगेर मर्छौ कि भीरबाट खसेर मर्छौ ? तिमी कसरी मर्छौ ? हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका भन ! तिम्रो अन्तिम इच्छा के छ ? चक्कुबाट छियाछिया भएर काटिएर मर्छौ कि तातो तेलमा भकभक उम्लिएर मर्छौ ? घाँटी सेरिएर मर्छौ कि बाघको मुखमा परेर मर्छौ ? ढुङ्गाको हिर्काइबाट मर्छौ कि हिलोमा गाडिएर मर्छौ ? तिमी कसरी मर्छौ ? हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका भन ! तिम्रो अन्तिम इच्छा के छ ? तिमीले हामीलाई न दिनमा राम्रोसँग बस्नखान दियौ न रातमा राम्रोसँग सुत्न दियौ तिमीले हामीलाई न खित्का छोडेर राम्रोसँग हाँस्न दियौ न कम्मर मर्काएर राम्रोसँग नाच्न दियौ तिमी कसरी मर्छौ ? हामी यमराजका दूत हौँ तिमीलाई लिन आएका भन ! तिम्रो अन्तिम इच्छा के छ ? गाडीले किचिएर मर्छौ कि भालाल...