२३ बैशाख २०८२, मंगलवार

भाषा/साहित्य

सूत्रकथा: मास्टर 

सूत्रकथा: मास्टर 

–एसके ज्ञवाली– (गुरुपुर्णिमा बिशेष) विद्यार्थी : सर नमस्ते ! के गर्दै हुनुहुन्छ ? शिक्षक : नौ बज्यो जागीर खल्तीमा हाल्दै छु । विद्यार्थी : म डा. कृष्ण देब हजुरको पुर्व विद्यार्थी, आज गुरुपुर्णिमा यसैले हजुरलाई सम्झेर भेट्न आएको । शिक्षक: धन्यवाद ! खुशी लाग्यो । विद्यार्थी : अनि सर जागीर खल्तीमा हाल्दै छु भन्नू भयो, मैले कुरो बुझिन । शिक्षक: डा. साब हामी बोर्डिङ मास्टरहरु प्रत्येक बिहान जागीर खल्तीमा हालेर स्कुल जान्छौं ।हरेक दिन त्रासमा बिताउछौ कतै खल्तिको जागिर खसिहाल्ने हो कि ,घर फर्किदा जागीर यतै छुट्ने हो कि भनेर। जब बेलुकी जागीर सहित फर्किन्छौ ,अचाक्ली खुशी हुन्छौ अर्को दिन बिहानसम्म । अब बुझ्यौ बाबू ! विद्यार्थी : ओहो सर त्यस्तो तनावग्रस्त भएर कसरी काम गर्नु ! जाबो बोर्डिङ छोडेर कुनै ब्यवसाय गरे हुन्न र ? शिक्षक: कुरो गहिरो छ डाक्टर बा...
कविताः पार्टी कि देश ?

कविताः पार्टी कि देश ?

–आर.आर. चौलागाईं– यहाँ पार्टीहरू छन् पार्टीका नेता र कार्यकर्ताहरू छन् पार्टीको चुनाव चिन्हमा भोट हाल्ने मतदाताहरू छन् तर नेपालीहरू छैनन् । यहाँ देशभन्दा पार्टी माथि छ देशलाई अप्ठ्यारो पर्दा कोही पनि बोल्दैनन् तर पार्टीको लागि ज्यान दिन्छन् । यहाँ मान्छेहरू पार्टीको चिन्ता गर्छन् पार्टीबारे छलफल गर्छन् पार्टीको भविष्यबारे बहस गर्छन् पार्टीको गतिविधिबारे अन्तर्क्रिया गर्छन् तर देशको लागि केही पनि गर्दैनन् । यहाँ मान्छेहरू देशलाई होइन पार्टीलाई बलियो बनाउँछन् पार्टीको भक्ति गर्छन् पार्टीको चाकरी गर्छन् देश अहिले अचेत भएर लडेको छ तर देशलाई एक थोपो पानी पनि खुवाउँदैनन् देश अहिले कोमामा पुगेको छ तर देशलाई एक ट्याब्लेट सिटामोल पनि दिँदैनन् । महाशय ! भोलि देश रहेन भने तपाईं कहाँ बस्नुहुन्छ ? तपाईँको पार्टी के हुन्छ ? तपाईं राजनीति कहाँ गर्नुहुन्छ ? तपाईँ मलाई ...
बालकविता: आफ्नो सिर्जना

बालकविता: आफ्नो सिर्जना

–रमेशचन्द्र घिमिरे– कागजका पानामा कलमको मसीले यौटा चित्र कोर्दैछे सानी बैनी शशीले । धर्को टेढोमेडो छ चित्र खर्‍याखुरु छ तै’नि सानी बहिनी त्यसै फुरुफुरु छ । कतै रङ्ग पोतरी कतै मसी खन्याई कसो–कसो गरेर हेर्न हुने बनाई । राम्रै चित्र बनाएँ भन्ने लाग्यो होला र ! साथीभाइ सबैलाई ल्याएकी छ बोला’र । के नै चित्र कोर्छन् र यस्ता झिना–मसिना भन्नु हुन्न उस्को यै हो मिहिनेत र पसिना राम्रो छैन यो चित्र भन्दा शशी रुन्न र ? आफ्नो-आफ्नो सिर्जना कस्लाई प्यारो हुन्न र ! –भोर्लेटार, लमजुङ ।...
सन्दर्भ प्रेम दिवस– कविताः प्रेयशीप्रति

सन्दर्भ प्रेम दिवस– कविताः प्रेयशीप्रति

–मसान उपासक– तिमी आँउदा सँगै जुन ल्याउनु सँगै घाम ल्याउनु अलिकति प्रेम मिसिएको माटो ल्याउनु र खुल्ला आकाश ल्याउनु म जुन, घाम, माटो र आकाशलाई आफूलाई भन्दा धेरै मन पराउँछु । तिमी आँउदा आँगनको फूल मगमगाओस् आकाशको जुन जगमगाओस् रोकियोस् हावाको वेगवान गति र चुमोस् हावाले सुस्त वहदै तिमीले सँगै ल्याएको तिम्रो आँचल म मेरो आँगन, फूल र हावालाई आफूलाई भन्दा धेरै मन पराउँछु । तिमी आँउदा नयाँ संविधान बनोस्—प्रेमको नयाँ फूलबारी बनोस्—स्नेहको नयाँ बाटो बनोस्—नैतिकताको नयाँहरुकैबीचमा बनोस् धेरै नयाँ र प्रेमिल देखियोस् हाम्रो धर्ति म प्रेम, स्नेह, नैतिकता र धर्तिलाई आफूलाई भन्दा धेरै मन पराउँछु । तिमी आँउदा म मेरी आमालाई सुम्सुम्याउदै हुनेछु म मेरो भाइलाई पढाउँदै हुनेछु बहिनी मलाई नै घुर्की लगाउँदै हुनेछे समग्रमा म मात्र म भएर बाँचिरहेको अभिनयमा विलिन हुनेछु ठिक त्यसै ...
मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल निर्वाचित

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल निर्वाचित

नेपाल (हेटौंडा) । मातृभूमि साहित्य समाज मकवानपुरको रचना वाचन कार्यक्रम तथा २४ औँ वार्षिक साधारण सभा तथा अधिवेशन हालै सम्पन्न भएको छ । मातृभूमि साहित्य समाजका अध्यक्ष माधवबहादुर पोखरेलको सभाध्यक्षयता र वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठको प्रमुख आतिथ्ययतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिमा काव्यकार मुना अर्याल र मुक्ति गोविन्द वैध हुनुहुन्थ्यो । मकवानपुर सर्जक सञ्जालका संयोजक निमेष निखिलले शुभकामना मन्तव्य राख्दै मातृभूमिले गर्दै आएको कार्यक्रमहरू र गतिविधिहरूको बारेमा चर्चा गर्नुभएको थियो । उक्त अधिवेशनबाट ११ सदस्यीय कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मतिले घोषणा भएको थियो । नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णप्रसाद दाहाल, उपाध्यक्ष हेमन्तकुमार ढुङ्गेल, महासचिव मञ्जु खराल,सचिव, किशन पौडेल कोषाध्यक्ष निरा शर्मा, सदस्यहरूमा सानु खनाल श्याम प्रसाद श्रेष्ठ , वैकुण्ठ लामिछाने, गोपिनी गौतम, मि...
कथाः प्रतिबद्ध

कथाः प्रतिबद्ध

–आरसी रिजाल– सपनामा एक्कासि नेपाली शब्दकोशको पाना फर्कियो । हाइलाइट गरेको ‘प्रतिबद्ध ’ शब्दमा आँखापर्‍यो । शब्द बोल्न पो लाग्यो । म झसङ्ग भएर ब्युझिएँ । ... त्यही शब्द दोस्रो दिन आयो र मलाई विनम्रतापूर्वक भन्यो–तपाईं साहित्यकार हुनुहुँदोरैछ । मेरो नाम एकेडेमीको शब्दकोशबाट हटाउन लगाइदिनुस् न । –म एकेडेमीको पदाधिकारी होइन भने । उ निराश भयो । केही नबोली गयो । ... शब्द तेस्रो दिन पनि आयो । मैले नै सोधेँ–शब्दकोशबाट किन बाहिरन खोजेको ? शब्दले भन्यो–राजनेता भनाउँदाले मेरो खिल्ली उडाइरहेछ्न् । शक्तै नशक्ने कुरा गर्छन् । अस्ति एउटा नेताले–भ्रष्टाचार निर्मुलपारी देशमा सुशासन कायम गर्ने । शिक्षा,स्वास्थ्य निःशुल्क पार्ने ।अनि सबै नेपालीका लागि खाना, नाना र छानाको व्यवस्था गर्ने ‘प्रतिबद्धता’ व्यक्त गर्द्छु भन्यो । मैले–काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । तिमीले चित्त दुखाउनु उपयुक्त हुँदैन...
सुत्रकथाः देउता

सुत्रकथाः देउता

–एसके ज्ञवाली– – पुजारी बा दर्शन गरे । – लु एकाबिहानै शिव मन्दिरको ढोकानेर किन देखिएको ए कुजात ? ए अलि परै बस यता छोईएला । –सानो बिन्ति बिसाउनु छ, बाहिर आउनु न । –लु भन, के भन्नू छ ? –मलाई उ त्यो शिबजिको मुर्ति चाहियो । –हेर हेर कलियुगको मति । बौलाईस् कि क्याहो ? –सद्दे नै छु पुजारी बा ! नानी बिरामी भएर खर्चको फट्टे परेको थियो । बाँकी ज्याला मागेर गर्जो टारौ भनेको मन्दिरका अध्यक्षले ज्याला रोकिदिए । –किन रोके तेरो ज्याला ? –उबेला केही भन्नू भएन अहिले आएर भन्नुहुन्छ मुर्तिको देब्रे आँखो अलि सानो भो रे । –क्यारे ! –मुर्ति बाहिर ल्याईदिनु न पुजारी बा । २–३ घण्टामा आँखो मिलाएर ल्याईदिन्छु । भित्रै आएर मिलाईदिउ भने तपाईंहरुको देउता रिसाउलान । –हेटौंडा, मकवानपुर ।...
कविताः म मौन छु

कविताः म मौन छु

–लक्ष्मी ‘रेशमी’– प्रश्न गरेर नथाक्ने म आजकल मौन छु । खहरेको गड्गडाहटजस्तो उर्लने भेलसरी अनगिन्ती प्रश्न नै प्रश्न भएर बगिरहेको जिन्दगी बदलिएको छ किनकि म मौन छु । आहिले म भित्र प्रश्न कम उत्तर धेरै छन् कमजोर भएर हैन बलियो बन्न हारेको नसम्झनु जीतको उन्मादमा आफैँलाई नभुलुँ भनेर कर्कस ध्वनीसाथ सोधिने प्रश्नहरुको उत्तर गम्भीर भएर खोज्न हो, आजकल म मौन छु । उच्च पहाडको खोँचमा रहेको शान्त तलाउ जस्तो आफु भित्र निलगगन ओढेर चुपचाप, चुपचाप जहाँ चरीको चिरबिर आवाज सल्लाको सुस्केरा झरेको पातको सर्याकसुरुक सुन्न आकाशको सफा मानचित्र मनभरी सजाउन सेता बादलको चाललाई अनुभुत गर्न बिचित्रतामा आफनो चित्र खोज्न र आफैँलाइ चिन्न हो, यसैले म मौन छु । –चन्द्रपुर, रौतहट । (२०८०–१०–२४)...
बालकविताः बाको मोबाइल

बालकविताः बाको मोबाइल

–रमेशचन्द्र घिमिरे– एकछिन गेम खेल्ने हो जे–जे हुन्छ होस् आज बाको मोबाइल हुन्छ खोसाखोस् । हिसाब गर्छु भनेर दाइले तान्नुभो फेसबुक खोल्न काकीले कैले जान्नुभो ? नयाँ नौल‍ो यु ट्युबमा केके आएछ ? मोबाइल हेर्न काकालाई मन लागेछ । रेडियोले के भन्छ ? यसमै सुन्छु म नयाँ खबर सुनेर ढुक्क हुन्छु म हजुरबाले मागेसी कस्को के लायो ? तर मोबाइल खोसेर भाइले खेलायो । फिलिम् यस्मै हेरिन्छ कतै जान्नँ म म‍‍‍ोबाइल छुन नदिए भातै खान्नँ म यसो भन्दै दिदीले घुर्की लाउनु भो फोटा हेरम् भनेर बज्यै आउनु भो पात्रो हेरम् भनेर ठुल्दाइ आउनु भो । गीत सुन्न मन् छ रे कानमा लाएर मोबाइल माग्दै पिरोल्छे बैनी आएर कति बज्यो ? भनेर टाइम सोध्नुभो झोक चलेछ आमालाई मोबाइल खोस्नु भो । बेट्री त्यसै नसिध्याऊ सेल्फी खिचेर फोन गर्ने हो यसको काम अङ्क थिचेर बाले यसो भन्नुभो चुप्प लाइयो आखिर बाको मोबाइल बालाई बुझ...
स्याङ्जामा सुनिए कवि मसान उपासक

स्याङ्जामा सुनिए कवि मसान उपासक

नेपाल (हेटौंडा) । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान-२०७६, स्याङ्जाको आयोजनामा वालिङमा युवाकवि मसान उपासकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पहिलो चरणमा कवि उपासकले आफ्ना ६ वटा उत्कृष्ट कविताहरू वाचन गरे । उनले विकास, छोरीको नाममा, तिमिसँग, सोच, देशप्रति र काजोल खातुन् शीर्षकका कविताहरू र एउटा गजलसमेत वाचन गरे । त्यसपछिको क्रममा लक्ष्मी अधिकारी, वसन्ती अधिकारी, वसन्त खनाल, कमलप्रसाद बगाले, सीताराम अधिकारी, शम्भु अर्याल र ध्रुवप्रसाद शर्मा पङ्गेनीले कविता वाचन गरेका थिए । दोस्रो चरणमा कवि उपासकले पुनः ४ वटा कविता वाचन गरे । उनले जेब्राक्रसमा एकछिन, जानुअघि शहरतिर, आभास र बिरुद्धमा बिरुद्ध शीर्षकका कविताहरूका साथै २ गजलहरू वाचन गरेका थिए । उनले परिवर्तनका लागि फर्कनु पर्ने आवश्यकतालाई मध्य नजर गर...