२२ कार्तिक २०८२, शनिबार

भाषा/साहित्य

कविताः अपिल

कविताः अपिल

–लक्ष्मण आचार्य– तिनीहरू फेरि आउने छन् झुटको खेती गर्न व्याभिचारको बाली लगाउन स्वेच्छाचारीको फसल फलाउन । पटकपटक पटाक्षेप भएको छ इतिहासको आलोक पटकपटक धुमिल पारिएको छ झिँसमिसेको घाम वा यसो भनौं कोरिएको छ अदृश्य मार्जिनल लक्ष्मणरेखा । एक भूगोल घुम्ने पृथ्वी ग्रहणले छोपिएको छ एक याम पहार हुस्सुले छिपेको छ एक वसन्त याम झुसिल्किराले डसेको छ । यात्रा बिराएकै ठाउँबाट शुरु गर्न सकिन्थ्यो बिसौनीमै तिमी नहराइदिएको भए हुन्थ्यो व्यवस्था उलटपुलटको सिक्का बाजि टस हारेर के भयो ? टस जितेर के भयो ? परम्परा नै यस्तै छ जन्मसँगै सुतक पर्छ मृत्युुसँगै जुठो लाग्छ हामीले पनि यत्ति बुझेर जन्मोत्सव नमनाए हुन्थ्यो मृत्युलाई उत्सव नबनाए हुन्थ्यो । –चन्द्रपुर, रौतहट ।...
कविताः नियति (छन्दः मन्दाक्रान्ता)

कविताः नियति (छन्दः मन्दाक्रान्ता)

–सुदीपभद्र खनाल– नाचौँ हामी अब समयको नाप नाघेर आऊ राखौँ हामी नव प्रणयको माप सम्झेर आऊ लाखौँ नौला पल अब रचौँ फूलझैँ मुस्कुराऊ यो हो माया नगर धरती बाँच हाँसेर आऊ । हाम्रो माया मृदु समयको गीत हो गुन्गुनाऊ साँच्चै छायाँ सरि छ बुझ यो जिन्दगी नाच आऊ पारौँ यौटा नव सृजनको भोर साकार आऊ यो हो माया नगर दुनियाँ बाँच हाँसेर आऊ । हाम्रो यात्रा पुरुष प्रकृति स्पन्द हो आदि सत्य मात्रै चोला युग युग नयाँ दृश्य उत्कर्ष नव्य यो यात्राको अनुपम पला छुट्छ जानेर आऊ प्यारी नाचौँ युगयुग पछी भेटमा साथ आऊ । खुल्लान् लाखौं पछि पनि यहाँ सिर्जनाका मुहार फुल्लान् लाखौँ कुसुम कलिका दिव्य शोभा हजार आफैँ हामी अपितु नरहे हुन्न यो भेट आऊ प्यारी धर्ती नभ घुमिसक्यो साथमा नाच आऊ । यो शोभामा थप अझ नयाँ शुभ्र सौन्दर्य कप्न यो आभामा झलमल अझै दीप्तिमा दीप्ति थप्न नाचे जस्तै फनफन घुमौँ विश्व ब्रम्हाण्ड आऊ ...
बालकविताः आयो, आयो पुस

बालकविताः आयो, आयो पुस

–रमेशचन्द्र घिमिरे– कम्मल ओढी कोठामा नै बस्छु धम्मर धुस बाहिर जान्नँ चिसो लाग्छ आयो, आयो पुस । सल्काएर घसेटा र झिर्कामिर्का झुस आगो तापी जाडो भगाऊँ आयो, आयो पुस । बाक्लो सुइटर लाउन पाए हुन पाइन्थ्यो खुस बालाई भन्दिनु न आमा आयो, आयो पुस । कुहिरो हो कि बादल हो उड्छ फुस्फु–स् घामको मुखै देख्नै गाह्रो आयो, आयो पुस । अहिले पढौँ अल्लि पछि खेलौँ तामा टुस यतिखेर जाडो छ आयो, आयो पुस । –भोर्लेटार, लमजुङ ।...
कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई चार लाख रुपैयाँको पहिचान पुरस्कार

कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई चार लाख रुपैयाँको पहिचान पुरस्कार

नेपाल । पहिचान पुरस्कार कोषले २०८०–८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ । पुरस्कारको राशि चार लाख २,००२ रुपैयाँ रहेको छ । शुक्रबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट स्याङ्तानको कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो । स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजङ्ग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।...
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा थापालाई सम्मान, सिङ्जाङ्गोलाई पुरस्कार दिने घोषणा

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा थापालाई सम्मान, सिङ्जाङ्गोलाई पुरस्कार दिने घोषणा

नेपाल । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ । त्यस्तै ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ । प्रतिष्ठानको बेलायतमा आइतबार बसेको बैठकले एक लाख रुपियाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई र ५० हजार रुपियाँ र ताम्रपत्रसहितको सम्मान थापालाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष टङ्क बनेमले जानकारी दिनुभयो । प्रतिष्ठानले सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखनका साथै स्थानीय रैथाने कला संस्कृति संरक्षणमा सक्रिय रहनुभएकाले उहाँलाई पुरस्कृत गर्ने जनाएको छ । उहाँको अङ्ग्रेजीमा ‘लिम्बू समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (दी स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ...
मकवानपुरका कवि मसान उपासकको चितवनमा कविता वाचन

मकवानपुरका कवि मसान उपासकको चितवनमा कविता वाचन

नेपाल (भरतपुर) । मकवानपुरका कवि मसान उपासकले चितवनमा कविता वाचन गर्नुभएको छ । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गर्नुभयो । कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गर्नुभयो । त्यसलगत्तै कवि उपासकले कवितावाचनलाई अगाडि बढाउनु भयो । पहिलो कवितास्वरुप उहाँले `जानू अघि सहरतिर´ शीर्षकको कविता सुनाउनु भयो । त्यसपछि 'छोरीको नाममा', 'तिमीसँग', 'फर्कन चाहन्छु', 'विकास' र 'देश प्रति' शीर्षकका कविता पहिलो चरणमा सुनाउनुभयो । दोस्रो चरणमा ५ वटा र अन्तिममा धन्यवादसहित 'असमयमै अस्ताएकाे घाम' शीर्षककाे एउटा कविता सुनाएर उपासकले कविता वाचनलाई समापन गर्नुभएको थियो । कार्यक्रममा कवि सुवास सजल र विमला कार्कीले कवि उपासकको कविता कर्मको चर्चा गर्नुभएको थियो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कवि उपासकका कविता नोस्टाल्जिक बनाउने ख...
छतिवनको महेन्द्र माविमा संस्मरणलेखन सहजीकरण कार्यक्रम सम्पन्न

छतिवनको महेन्द्र माविमा संस्मरणलेखन सहजीकरण कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । मकवानपुरको बकैया गाउँपालिका—४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूका लागि नियमित अतिरिक्त क्रियाकलापका सन्दर्भमा संस्मरण तथा यात्रा संस्मरण सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर २१ गते आयोजित सो कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्मका गरी ३५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । झरना–महेन्द्र बाल साहित्य समितिकी अध्यक्ष प्रदिना खड्काको सभाध्यक्षतामा आयोजित सो कार्यक्रमको सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो । सहजीकरण पश्चात् स्थलगत संस्मरण प्रतियोगितासमेत आयोजना गरिएको सो कार्यक्रममा आधारभूत तहतर्फ रीतिका लामिछाने, माध्यमिक तह (कक्षा ९—१०) तर्फ मुनुमाया स्याङ्बो तथा माध्यमिक तह (कक्षा ११—१२) तर्फ अनिल बल उत्कृष्ट भएका थिए । सो कार्यक्रममा विद्यालयका सहायक प्रअ उद्धवप्रसाद सापकोटा तथा शिक्षकहरू खेमबहादुर विक...
बाल लघुकथाः कस्तुरी

बाल लघुकथाः कस्तुरी

–आरसी रिजाल– नातिनी -- हजुरबा भगवान ठूलो कि तपाईं ? हजुरबा -- मान्छे पनि कहिँ भगवानभन्दा ठुलो हुन्छ। शृष्टिकर्ता नै ठुला हुन नानी।तिमिले किन आज अनौठो प्रश्न सोधेकी ? नातिनी -- हाम्रो सरले भन्नुभएको जुनघरमा बुढाबुढीको सम्मान हुन्छ,त्यही घरलाई ईश्वरले आफ्नो मन्दिर ठान्छन् रे! आफ्नो गोजीको ईश्वरलाई छाडेर तिमीहरु अन्यत्र खोजीमा भौँतारिनु हुँदैन भन्नू भएको छ । हजुरबा -- एकहदसम्म त्यो भनाइमा पनि सत्यता त होला नानी ,तर हाम्रा पुर्खाले सदियौँदेखी मान्दै आएको संस्कारलाई चटक्कै त्याग्न सकिन्न। म हिँड्न सकुन्जेल मन्दिर गएको तिमीले देखेकै थियौ हैन र ? नातिनी -- देखेको थिएँ । ए त्यसो भए जुन घरको बुढाबुढी हिँड्डुल गर्न सक्तैनन् त्यो घरका परिवारले बुढाबुढीप्रती कस्तो व्यबहार गरेका छ्न त्यो हेर्न भगवान आउने भएर होला सरले त्यस्तो भन्नू भएको । हजुरबुबा -- घरभित्रका बुढाबुढीमात्र हैन । घरभन्दा बाहि...
मुक्तकः नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन्

मुक्तकः नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन्

–आर.आर. चौलागाईं– तलबाट उठेकाहरू पनि बिग्रिँदा रहेछन् सरिफहरू पनि मौका पाउँदा चिप्लिँदा रहेछन् कसको भर पर्नु हजूर ! जता पनि भताभुङ्ग नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन् । –हेटौंडा, मकवानपुर ।
राष्ट्रिय गीतः दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ

राष्ट्रिय गीतः दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ

–तुलसी घिमिरे– दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ फुलैफुलले सजिएको गाउँ खोज्दै हिड्छ सत्रुहरु जति आउन मान्दिन म पिर नेपालीको छोरो हुँ म झुक्दैन यो शिर । कम्मरमा खुकुरी छ शिरमा ढाकाटोपी हिडेको छु आत्मविश्वास सधैभरी बोकि बगेको छ रातो रगत काली तिरै तिर नेपालीको छोरो हुँ म ### शिरमाथी छ चन्द्र सुर्य झन्डा फरफर जहाँ अग्लो हिमाल छ त्यही मेरो घर देशको खातिर खुन दिने नेपाली म विर कस्तै दुख आउँदा पनि झुक्दैन यो शिर । हेटौंडा, मकवानपुर ।...