३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

नेतृ डा. बिन्दा पाण्डेको नयाँ कृति ‘भुइँमान्छे’ बारे विमर्श

नेतृ डा. बिन्दा पाण्डेको नयाँ कृति ‘भुइँमान्छे’ बारे विमर्श

नेपाल । नेतृ डा. बिन्दा पाण्डेको नयाँ कृति ‘भुइँमान्छे’ बारे विमर्श कार्यक्रम आयोजना गरिएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा कृतिमाथि पूर्वमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ‘भुइँमान्छे’ को वास्तविक कथा खोज्न लेखक पाण्डेले भुइँसम्म पुगेर गरेको प्रयत्नको प्रशंसा गर्नुभयो । उहाँले विगतमा पार्टी निर्माणका क्रममा गाउँ गाउँमा भेटिएका सेल्टरदाताले प्रशासनको आँखा छलेर आफ्नो ज्यान र सम्पत्तिसमेत दाउमा राखेका नेता, कार्यकर्तालाई आफूले नखाई गरेको सहयोगलाई ‘भुइँमान्छे’ ले सम्झाएर जीवन्त बनाएको बताउनुभयो । सो अवसरमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले ‘भुइँमान्छे’ ले इतिहासलाई अभिलेखीकरण गरेको बताउँदै हिजोको सङ्घर्ष र तत्कालीन नेपाली समाजको ऐना झल्किने वास्तविकता नयाँ पुस्ताले समेत थाहा पाउने अवसर पाएको बताउनुभयो । लेखक डा. पाण्डेले पार्टीले इतिहासलाई अभिलेखी...
झसापद्वारा फरक कार्यक्रम आयोजना, बकैयामा गरियो नेपाली अन्ताक्षरी प्रतियोगिता

झसापद्वारा फरक कार्यक्रम आयोजना, बकैयामा गरियो नेपाली अन्ताक्षरी प्रतियोगिता

नेपाल (हेटौंडा) । झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुध्द लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय छतिवनका कक्षा ८–१० का साधारण तथा प्राविधिक धारका गरी पाँच पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृध्दि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उध्दव सापकोटा, महेन्द्र मावि विव्यसका अध्यक्ष परशुराम गौतम, नारायण चापागाईं, सुभद्रा थापा तथा सन्तोष विकले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रधानाध्यापक देवकी सिग्देलको स...
नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण

नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण

नेपाल । वानीरा फाउन्डेसनले मङ्गलबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ । सोही अवसरमा प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गर्नुभयो । लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र १’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ रहेका छन् । दीक्षितकृत कृतिको सम्पादन इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा।डा।ऋषिराम शर्माले गर्नुभएको छ । वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा।केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको महिमा र नव कृतिहरुक...
गीतः तिम्रो गाउँमा तिम्रै हातले पानी पिलाइनौ…

गीतः तिम्रो गाउँमा तिम्रै हातले पानी पिलाइनौ…

–डा. नवराज लम्साल– तिम्रो गाउँमा तिम्रै हातले पानी पिलाइनौ एकै झुल्को दर्शन गर्ने मौका मिलाइनौ । ल्याइदिएको जाली रुमाल मैलिएर गयो छाती पनि भत्किएको आँगनजस्तो भयो हिउँ हेरेर सागर छोएँ सम्झेँ बालापन आँखै सामु गुलाफ जल्दा कस्तो भयो मन भन्न बाँकी कथा भन्ने मौका मिलाइनौ तिम्रो गाउँमा तिम्रै हातले पानी पिलाइनौ हालबात जे जे थिए थिए मात्रै भए मीठा बोली बचन पनि खोइ कता गए साइनो भन्नु के भन्नु खै दिलले डाँडो काट्यो साइनो नभै साइनो लाको साइनो पनि फाट्यो मन्दिर जाने देउता भेट्ने मौका मिलाइनौ तिम्रो गाउँमा तिम्रै हातले पानी पिलाइनौ ।...
युवराज नयाँघरेलाई जीवन स्मृति पुरस्कार

युवराज नयाँघरेलाई जीवन स्मृति पुरस्कार

नेपाल । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि प्रतिभा छनोट गरेको छ । प्रतिभा छनोट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कार २०७८ का लागि स्रष्टा लीला उदासी २०७९ पुरस्कार मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरेलाई प्रदान गर्ने भएको छ । त्यस्तै २०८० का लागि कलाकार विक्रमश्री र २०८१ का लागि कथाकार रीता ताम्राकारलाई प्रतिभा छनोट गरेको छ भने युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि सर्जक खुसी चोमु शेर्पालाई छनोट गरेको कुरा संस्थाका सचिव धनकुटे कान्छाले जानकारी दिनुभयो । जीवन आचार्य ३० का दशकका चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकार हुनुहुन्छ । उहाँको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भई हरेक वर्ष संस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कार जीवन आचार्यको स्मृति दिवसका अवसरमा जेठ महिनामा कार्यक्रम गरी प्रदान गरिने सचिव धनकुटे कान्छाले...
गजलः बिक्नैपर्छ दुनियाँमा गरीब प्रतिभाले…

गजलः बिक्नैपर्छ दुनियाँमा गरीब प्रतिभाले…

–धनराज गिरी– बिक्नैपर्छ दुनियाँमा गरीब प्रतिभाले यति कुरा सम्झाएको खकुरेल बाले स्वाभिमानको वैरी अभाव टिक्न दिन्न पक्का दीनहीन सधैं लाचार, भन्छ कविताले साहित्यमा,आलेखमा केको चुरीफुरी १ सारा प्रा डा बिकी बिकी नयाँ कदम चाले बजार हो दुनियाँ यो, विनिमय नियम जायज बिकाइ केही छैन बिक गोरे काले ऊ,म,तिमी,हामी सबै बिकी आएकै हौं सत्य बोल्न लेख्न गाह्रो,भन्थे सुदामाले । –चितवन ।...
कोलोराडोका दुई स्थानमा मे २४ देखि हरेक शनिबार नेपाली भाषा पाठशाला सञ्चालन हुने

कोलोराडोका दुई स्थानमा मे २४ देखि हरेक शनिबार नेपाली भाषा पाठशाला सञ्चालन हुने

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोका शाखाको संयोजनामा यसवर्ष पनि कोलोराडोका दुई स्थानमा नेपाली भाषा पाठशाला सञ्चालन हुने भएको छ । २४ मे शनिबारदेखि हरेक शनिबार कक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । नेपालीघरमा वेस्टमिनिस्टर स्कूल र स्मोकी हिल यूनाइटेड चर्चमा अरोरा स्कूल सञ्चालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । विगतामा झैं यो गमी बिदामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकाउनका लागि भाषा पाठशालामा भर्ना गराउन सम्पूर्ण कोलोराडोवासी नेपालीहरुलाई अनुरोध गरिएको छ । ...
कविता: रङ

कविता: रङ

-सुदीपभद्र खनाल- आ आ रात लिएर आ तिमिरको सारा अँध्यारो घना कालो कर्कश क्रूरता कहरको जालो निरालो पना त्यै कालोपनबाट झिक्न म सकूँ आभा नयाँ कञ्चन जस्तै भर्भर अग्निकुण्ड बिचमा बन्छन् तपी कुन्दन । आ ए दु:ख तँ आ लिएर युगका बाहूबली शून्यता काला क्रन्दन यातना घनघटा आडम्बरी कूटका सारा दु:ख पिएर सिर्जन सकूँ आभा नयाँ प्राञ्जल जस्तै पङ्कज पङ्ककै रसपिई सौन्दर्यले युक्त छ । आ आ भोक तँ आ समस्त म निलूँ संसारकै कल्मष यस्तो प्यास चढोस् कि प्यूँन मसकूँ तृष्णा र ईर्स्या रिस सारा वीष पिएर बाँच्न म सकूँ आनन्दले हर्षित जस्तो घूँट लिएर कालकुटको छन् शान्त श्री शंक ।र आ आ ताप तँ आ म सूर्य सम हूँ ठण्डा हिमानी सरि पानीझैँ म बगूँ लिई सरसता दौडूँ म हावासरि मान्छेभित्र पवित्र प्राण म फुकूँ आधार भै पावन जस्तो जीवनदायिनी सकलको धर्ती छ सर्वोत्तम । आ हे स्तुत्य सुभावना प्रकृतिकी दे त्याग गर्ने कला ज...
कविता: झन्डा

कविता: झन्डा

-आर. आर. चौलागाईं- जसले झन्डा उठाए उनैले झन्डा ओढेनन् । उनले उठाएको झन्डा गाढा रातो रङको थियो टाढैबाट चिनिन्थ्यो पछि त्यो झन्डामा अनेक थरी रङहरू मिसिँदै गए र झन्डा कसको हो छुट्याउनै नसक्ने हुँदै गयो । उनले धेरै प्रयत्न गरे पहिलाको जस्तै झन्डाको रङ जोगाउन तर सकेनन् झन्डामा कहिले नीलो रङ मिसियो त कहिले पहेँलो रङ मिसियो अनि झन्डा रङ्गीबिरङ्गी भयो उनका कुरा कसैले पनि सुनेनन् । आज उनले उठाएको झन्डा ओढेर उनका सहयात्रीहरू सत्ताको भोग गरिरहेका छन् र बिस्तारै उनको सपनालाई बिर्सिँदै गइरहेका छन् । हिजो झन्डा उठाउँदा पनि उनी महान् भएका थिए र आज झन्डा नओढ्दा पनि उनी अमर भएका छन् । (नेता प्रदीप नेपाल एवम् साहित्यकार सञ्जय थापाको सम्झनामा) -हेटौंडा, मकवानपुर ।...
लघुकथा: मानव सेवा आश्रम

लघुकथा: मानव सेवा आश्रम

-आरसी रिजाल- म र श्रीराम प्राय बिहान बिहान घुम्न निस्कन्छौँ।एउटा रुखमुनि बुढी आइमाई २/३ दिनदेखी प्लास्टिकको बोराको सिरानी हालेर सुतेको देखेर उनको छेउ पुगेर-- तपाईंको घर कहाँ हो बुढी आम्यौ भन्यौ । उनले-- घरबार केही छैन बाबू हो।बुढा बिते। एउटा छोरा थियो लाहुर जान्छु भनेर हिँड्यो। छोरी पोइला गै अत्तोपत्तो छैन्।मागेर गुजारा टार्थें। बिसन्चो भएर तीन दिनदेखि भोकै यहि रुखको फेदमा लडिरहेको छु भनिन् । त्यसदिन हामिले एक पाकेट पाउरोटी र एक बोतल पानी ल्याएर दियौँ ।उनले आफुसंग भएको खाली बोतल हामीतिर बढाउदै पाउरोटी किनेर ल्याइदिनुभएको छ। धाराको पानी भरेर ल्याइदिनुस् किन पानीमा खर्छ गर्नुहुन्छ बाबुहो भनिन्। अर्को दिन उनलाई टेम्पो चढाएर एउटा आश्रयमा पुर्‍यायौँ । आश्रयका संचालकले उहाँलाई केही प्रश्न गरे।त्यसपछी हामितिर हेर्दै -- हाम्रोमा केही जटिलता र ठ्याक्कै स्थानको अभाव पनि छ। बरु यिनलाई अन्तै आश्रम...