३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

लघुकथा : वाह मेयर !

लघुकथा : वाह मेयर !

-धनराज गिरी- --- दुनियाँ बुझेर आएको युवक विकाशनारायण नेपाली, चुनावमा होमियो। त्यस्तै पर्यो। पार्टीले पत्यायो। अर्को दलको रजगज थियो अघिल्लो समयसम्म। जनता जहिले पनि परिवर्तनको पक्षमा हुन्छ। " गुणरत्नमाला नगरपालिका " जिल्लाको सुन्दर क्षेत्र,केन्द्र न परिधि! " यो मेयरले केही गर्छ! दुनियाँ देखेर आएको छ। " मोतीकान्त रत्ननन्दन। " उम्म, सम्भावना छ, गम्भीर देखिन्छ। " सरस्वतीकान्त हिमाली। " भित्री क्याबिनेट कस्तो हुन्छ,त्यसमा भरपर्छ। " आलोकनाथ गोर्खाली। चुनाव जित्यो नेपालीले। वडाध्याक्षहरू पनि ताजा युवाहरू । उपमेयरमा " गौतम यादव! " राम्रो पाठक,लेखक " प्रोफेसर प्रह्लादनारायण ज्वालामुखी बिमलोपाध्याय सुमेधाश्रीको मित्र,एक्काईस पटक गीतानगर पुगेका,विवाहमा,म्यारिजको निम्तो आएर,कुमाल र मालहरूसहित।सिक्वेन्स मिल्यो। अचम्म, हो अचम्म भयो, मेयरले आफ्नो सल्लाहकार मण्डलीमा कट्टर आलोचकहरू मात्र राखे। ज्याद्...
बालकविता: वातावरण जोगाऔँ

बालकविता: वातावरण जोगाऔँ

-रमेशचन्द्र घिमिरे- हुल देख्दा चिर्बिर गर्ने चरा–बचेराको फेरि याद आउँछ मलाई आफ्नै पखेराको पिस्ती खोला जाँदा पनि जङ्गल काटी जान्थ्यौँ ऐँसेलु र बयरलाई खुसी बाँडी खान्थ्यौँ ऐँसेलु र बयरको झ्याङ छैन आज वन फाँड्ने मान्छेलाई केको रात–साँझ ? दिउसै पनि लाग्थ्यो मलाई चितुवाको डर लाग्छ अचेल मान्छेको नै जो छन् वरपर वन फाँड्ने मूर्खहरू बनेका छन् ठालू बाँदरले नै राज गर्छन् छैनन् बाघ–भालु डढेलाको कालो देख्दा रुन्छ मेरो मन डाँडाकाँडा छिचोल्दा’नि देखिँदैन वन गाई चर्ने जङ्गलमा कुखुराको बास घाँस पनि नपाए’सि के पो गर्ने आश ? जङ्गल फाँडी काठ काट्ने सुन दाजुभाइ एउटा रुख हुर्काइदेऊ छोरा–नातिलाई । -भोर्लेटार, लमजुङ ।  ...
आँचल साहित्य कला पुञ्जद्वारा ४ जना स्रष्टा सम्मानित

आँचल साहित्य कला पुञ्जद्वारा ४ जना स्रष्टा सम्मानित

नेपाल (हेटौंडा) । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ४ जना स्रष्टालाई सम्मान गरेको छ । शनिबार आँचल साहित्यले बृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको अवसरको छुट्टा छुट्टै विधाका ४ जना स्रष्टालाई सम्माम गरेको हो । मंगलादेवि श्रेष्ठ बाल प्रतिभा सम्मान २०८१ बाट ३ हजार ५ सय रुपैयाँको नगद राशि सहित हेटौंडा–१०,स्थित तुल्सी मेहर बोर्डिङ्की छात्रा अनूसूया खनाललाई सम्मा गरिएको छ । मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८१ बाट साहित्यकार स्वस्तिका दहालालाई ५ हजार रुपैयाँको नगर राशि र सम्मानपत्र सहित सम्मान गरिएको छ । सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८१ बाट पुरूषोतम आचार्यलाई १० हजार रुपैयाँको नगद राशि र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, आँचलको अक्षयकोषका लागि सहयोग पुर्‍याउने प्रकाश लम्साललाई आँचल सम्मान २०८१ बाट सम्मान गरिएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षा तथा जिल्ला प्राशासन ...
वरिष्ठ सर्जक गणेश रसिकको निधन

वरिष्ठ सर्जक गणेश रसिकको निधन

नेपाल । वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहनुभएका उहाँको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिनुभयो । उहाँका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उहाँको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । भोजपुर छिनामाखुमा वि‍‍। सं। २००४ असोज ४ मा जन्मनुभएका रसिक पचासको दशकमा इलाम सर्नुभएको थियो। करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आउनुभएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाउनुभएको थियो । उहाँका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीत, आकाश गङ्गाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरू टेक्दै हिँडेलगायतका कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन...
हेटौंडामा मातृभूमि साहित्य महोत्सव सम्पन्न

हेटौंडामा मातृभूमि साहित्य महोत्सव सम्पन्न

नेपाल (हेटौंडा) । मातृभूमि साहित्य समाज मकवानपुरले मातृभूमि साहित्य महोत्सव २०८२ सम्पन्न गरेको छ । बिहिवार हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आयोजित महोत्सवमा स्रष्टा सम्मान, ४ वटा विषयहरूमा परिचर्चा, परिसंवाद र बहस सञ्चालन गरियो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य र मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार प्रताप बिष्ट, साहित्यिक स्रष्टाहरू गीता रेग्मी, चन्द्र गुरूङ, माधव काफ्ले, सुदेश सत्याल सम्मानित हुनुभयो । कार्यक्रममा कविहरू निमेष निखिल, भूपिन, चन्द्र गुरूङ, राधिका कल्पित, सुरेन्द्र अस्तफल, सुदेश सत्याल, सञ्चारकर्मीहरू प्रताप विष्ट, गणेश लाठ र रामकुमार एलन आदिको बहस कार्यक्रम रहेको थियो । यस्तै अधिवक्ताहरू ऋषभ अधिकारी, मदन दाहाल, अप्सरा तिमल्सिना, गणेश लाठ, भावना सापकोटा, स्रष्टा हयग्रीव आ...
कथाकार लक्ष्मण वियोगीको पहिलो कथाकृति ‘सत्यम्’ प्रकाशित

कथाकार लक्ष्मण वियोगीको पहिलो कथाकृति ‘सत्यम्’ प्रकाशित

नेपाल । कथाकार तथा पत्रकार लक्ष्मण वियोगीको पहिलो कथाकृति ‘सत्यम्’ प्रकाशित भएको छ । कविता, निबन्ध र गीतमा कलम चलाइरहेका कथाकार वियोगीको यस कथाकृतिमा १५ वटा कथा संगृहित छ । कथाकार वियोगी कथाकृति पेज टर्नरले बजारमा ल्याएको हो । विशेषतः पश्चिम नेपाल गण्डकी पानीढलो, त्यसभित्र पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका साथ कुँदिएका यी कथामा लेखकले माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेका छन् । यथार्थवादी धारका यी कथामा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुर्च्छना र लोकसंस्कृतिको सुगन्ध पनि पाइन्छ । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् । मानिसले भोगेको समय र समा...
समालोचक राजकुमार बानियाँ र आख्यानकार शैलेन्द्र अधिकारी सम्मानित

समालोचक राजकुमार बानियाँ र आख्यानकार शैलेन्द्र अधिकारी सम्मानित

नेपाल । आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ । यसैगरी, कोषले ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ समर्पण गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरे । उक्त अवसरमा बुढाथोकीले साहित्यको क्षेत्रमा वर्षौंदेखि काम गरेका व्यक्ति र कृतिको सम्मान गरेर कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्वबारे कवि तथा समीक्षक शकुन्तला जोशी र हेमप्रभासले चर्चा गर्नुभएको थियो । सम्मानित व्यक्तित्व बानियाँले सम्मान र पुरस्कारले साहित्य साधकहरूलाई अगाडि बढ्न ऊर्जा दिने अनुभव सुनाउनुभयो । कार्यक्रममा कोषका संरक्षक श्यामकुमार श्रेष...
साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन

साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन

नेपाल । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको शुक्रबार निधन भएको छ । गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए । आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।...
कविताः मन्थन

कविताः मन्थन

-सुदीपभद्र खनाल- हावा नेती पकड गतिको शैल अग्ला मदानी ठेकी धर्ती गगन गृहमा जिन्दगी मात्र पानी गड्गड् गड्गड् मथन छ दही हेर आवाज आयो नौनी हाम्रो प्रगति पथको सभ्यता मुस्कुरायो यो ब्रम्हाण्डै घट नियतिले मथ्छ सुन्छन् मनुष्य हेर्छिन् बाली प्रकृति विजुली ढ्याङ्ङ चट्याङ खस्छ तान्यो डोरी सुन विधि उठी कर्ममा जुट्न आयो निक्ली नौनी सत र करुणा ज्ञान को मुस्कुरायो भुँड्का जस्ता नवग्रह झुली झुण्डिएका सिकामा मोती दाना मृदुल शशि छन् टल्किने नाशिकामा छल्के सातै घरर जलधि घ्वार्र आवाज आयो नौनी आहा विपुल भवमा सौम्य सौन्दर्य छायो मथ्ने आफ्नै क्रम छ विधिका ताल हुन् भोर रात खेताला हुन् ऋतु र दुनियाँ कालको दाल भात तान्ने छोड्ने घररर हुँदा हर्ष वा दु:ख छायो निक्ल्यो नौनी सरस वसुधा प्रेमले मुस्कुरायो पिर्का चौको चहुर हरिया ताल लाग्छन् कचौरा छिर्का झर्ना विपिन तनका वस्त्र भोटो र दौरा हल्यो ठ...
लघुकथा: खोज !

लघुकथा: खोज !

-धनराज गिरी- -- अनेक प्रपञ्च र घनचक्करहरू पार गरी दिक्क भएर आधा रातमा घरबाट लुसुक्क निस्कियो नभोमणि चिन्तक,बाठो हो,तर इमानदार ! उसको इमानदारीले हावा खायो। सरल र सज्जन बनेको हो,काम लागेन। गौतम बुद्ध बन्न होइन,कुन्नि के हुन हो,निस्कियो। सामाजिक संजालमा " इटहरी ब्लूज र मैनाली ब्लूज " जस्तो गरेन । चार छोरीहरूको बा,पत्नी कर्कश, आम्दानीले धान्न गाह्रो,खर्चालु जीवनसङ्गिनी, शङ्का पनि अति गर्ने। " ह्या,अरू अरू पनि भागेका हुन् -- भाग्छु" सोच्यो,र टाप! -- तीन महिना बरालियो। देश छोडेन। मनले के खोजेको हो? के?किन निस्किएको घरबाट ? थाहा छ,थाहा छैन। " मेरो खोज शान्ति हो,मनको शान्ति! " स्वसम्वाद! " स्व " पढेको थियो। नथियाको सम्झना आयो। पागलवस्तीतिर गएन। दुई चार चुली चढ्यो। मेचीदेखि महाकालीसम्म चक्कर लगाएर पनि उसको " खोज " पूरा भएन। " हे महादेव, म यत्तिकै फर्किने त घर?मार्छे मेरी ज्वालामुखीले!के मुख देखाउ...