३० फाल्गुन २०८२, शनिबार

भाषा/साहित्य

बालकविता: असार महिना आयो

बालकविता: असार महिना आयो

- रमेशचन्द्र घिमिरे- मेरो मनमा किन किन खुसियाली छायो बर्खे झरी लाग्यो अनि असार महिना आयो पानी पर्न सुरु गर्ने चर्को घाम भाग्ने यै पानीमा रुझ्दै भिज्दै हिँड्न मन लाग्ने तिर्खाएको काकाकुलले पानी खान पायो रसिलो भो धर्ती जब असार महिना आयो बाउसे दाइले कोदाली र हली दाइले हलो बोकी हिँड्छन् खन्न, जोत्न आफ्नै खेतको थलो गोरु फर्काई हर्के दाइ उचाल्दै छन् सायो रमाउँदै हिलो खेल्न असार महिना आयो बिउ काढ्दै स्यानी आमा आफै मुठा पार्छिन् बिउको मुठा लिँदै दिदी फुकाएर सार्छिन् रोपारेले गाउने गीत भाइले पनि गायो छुपुछुपु धान रोप्ने असार महिना आयो बाको पछि लाग्दै भाइ खेतमा गएको छ स्कुल जान पर्दैन रे छुट्टी भएको छ आमासँग मागी भाइले दही-च्यूरा खायो बर्खे बिदा मनाउन असार महिना आयो । – भोर्लेटार, लमजुङ...
युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक

युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक

नेपाल । कवि युवराज अधिकारीको कविता कृति ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी अध्यक्ष अधिकारीको कविता कृति गैरीधारा स्थित एलिस रिसेप्सनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सार्वजनिक भएको हो। कार्यक्रममा कवि अधिकारीले आफ्नो साहित्यिक यात्राका बारेमा जानकारी गराउनुहुँदै दुई वटा कविता वाचन गर्नुभयो। कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी र साहित्यकार राजेन्द्र शलभले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा पाइलट विजय लामा र अभिनेता निखिल उप्रेतीले कविता वाचन गर्नुभयो। कार्यक्रममा सांसद डा. अमरेशकुमार सिंहसहितका पूर्वमन्त्री र सांसदको उपस्थिति थियो । कार्यक्रमको समापनमा लोकार्पित कविता कृतिको ‘‘आमा’ कविता रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा मन्चन भयो । एपेक नेपालका अध्यक्ष विश्वविमोहन ...
रमेश प्रभातको दोस्रो ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक

रमेश प्रभातको दोस्रो ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक

नेपाल । समालोचक रमेश प्रभातको दोस्रो समालोचना सङ्ग्रह ‘अरू अलिकति फरक कुरा’ सार्वजनिक भएको छ । गजल मञ्च चितवनले प्रकाशन गरेसँगै सो संग्रह बजारमा आएको छ । ‘अरू अलिकति फरक कुरा’ समालोचक प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह हो । यसमा रहेका २९ वटा निसमालोचनामध्ये १५ वटा चितवनका सर्जकहरूका कृतिमाथिका निसमालोचना छन् । यसअघि प्रभातको निसमालोचनासङ्ग्रह अलिकति फरक कुरा प्रकाशित भएको छ । नयाँ कृतिमा समेटिएका सर्जकहरुको अभिमत पनि सुनिएको छ । समालोचक प्रभातको जन्मदिन कै अवसरमा कृति सार्वजनिक गरिएपछि एक कार्यक्रम आयोजना गरि स्रष्टाहरुले आफ्नो अभिमत राख्नुभएको हो । आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मञ्चका निवर्तमान अध्यक्ष लेखराम सापकोटाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सर्जकहरू सुरेन्द्र अस्तफल, किसान प्रेमी, गणेश श्रमण, उदय अधिकारी, उपेन्द्...
नेदरल्याण्डमा भुटानी शरणार्थीको जीवनमा आधारित उपन्यास ‘खुसीको गाउँ’ बिमोचन

नेदरल्याण्डमा भुटानी शरणार्थीको जीवनमा आधारित उपन्यास ‘खुसीको गाउँ’ बिमोचन

अमेरिका । भुटानी शरणार्थीको जीवनमा आधारित खगिन्द्रा खुसीको उपन्यास ‘खुसीको गाउँ’ विमोचन गरिएको छ । विश्व भुटानी साहित्यिक सङ्गठनद्वारा नेदरल्यान्डमा आयोजित कार्यक्रममा उपन्यासको विमोचन गरियो । सन् १९९० को दशकयता भुटानबाट लखेटिएपछि झापा र मोरङमा शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्वासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक सङ्घर्षलाई उपन्यासमा समेटिएको छ । बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले उपन्यासको विमोचन गर्दै भुटानबाट निर्वासित भएको पुस्ताले जीवनभर सङ्घर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । शरणार्थीले भोगेका पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र सङ्घर्षका गाथालाई उपन्यासमा समेटिएको बताउनुभयो । सङ्गठनका अध्यक्ष कर्ण गुरुङले उपन्यासले भुटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका सङ्घर्षका दिन स्मरण गराएको बताउ...
साहित्यकार शीतल गिरीको उपन्यास ‘कैवल्य’को सार्वजनिक

साहित्यकार शीतल गिरीको उपन्यास ‘कैवल्य’को सार्वजनिक

नेपाल । साहित्यकार शीतल गिरीको उपन्यास ‘कैवल्य’को सार्वजनिक गर्दै कृतिमाथि विमर्श गरिएको छ । सोमबार पाटनढोकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले कृति सार्वजनिक गरे । कृतिमाथि बोल्दै प्रमुख अतिथि डा. भट्टराईले नेपाली साहित्यमा गिरीको योगदान राम्रो रहेको चर्चा गर्दै कैवल्यका पात्रहरूबाटै पनि दर्जनौँ उपन्यास लेख्न सकिने बताए । त्यस्तै डा. तुलसीप्रसाद गौतमले शीतलको उपन्यासमा सांकेतिकरूपमा धेरै विषय पाइने बताउँदै लेखकले बुद्ध दर्शन बुझेर यो पठनीय कृति तयार पारेको उल्लेख गरे । अर्का वक्ता साहित्यकार प्रोल्लास सिन्धुलीयले यस उपन्यासमा बुद्धको कथा नभएर चन्द्र र स्वातीको त्याग र तपस्याको कथा भएको उल्लेख गरे । कार्यक्रममा वक्ताहरू ध्रुवराज थापा, नारायणप्रसाद शर्मा, शर्मिला बगालेले कृतिको चिरफार गरे । पत्रकला साप्ता...
विजय हितानको रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

विजय हितानको रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

नेपाल । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली संघको भाषा, साहित्य समितिले स्थापना गरेको रु दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार हितानलाई प्रदान गर्नुभयो । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकामा कृतिकार हितानलाई बधाइ दिनुभयो । नेपाली सेनाका पूर्वजर्नेल साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, प्रहरीका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको जाकारी दिनुभयो । विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । आख्यान...
इलाममा बुढ्यौली साहित्य समाज गठन, अध्यक्षमा इलामे जेठो

इलाममा बुढ्यौली साहित्य समाज गठन, अध्यक्षमा इलामे जेठो

नेपाल । इलाममा शिव अधिकारी ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाजको गठन भएको छ । जेठ २४ गते शनिबार साहित्यकार प्रकाश थाम्सुहाङको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नौ सदस्यीय बुढ्यौली साहित्य समाज इलाम शाखा गठन गरेको छ । यस समितिमा अध्यक्षमा शिव अधिकारी ‘इलामे जेठो’, उपाध्यक्षमा रविमान लम्जेल, सचिवम पवित्रा घिमिरे, कोषाध्यक्षमा जमुना लामिछाने तथा सदस्यहरूमा प्रकाश थाम्सुहाड।, धर्म भण्डारी, तुलाराम पुरी, छिकिन तामाङ तथा चन्द्रवीर खत्री रहेका छन् । भेलामा इलामका अग्रज साहित्यकारहरू जयनारायण भट्टराई, देवी गौतम, विमल वैद्य, टिका घिमिरे, नगर प्रमुख केदार थापा, तोयानाथ भट्टराई, युद्धप्रसाद वैद्यलगायतका साहित्यकारहरूको बाक्लो समुपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बाबुराम पोखरेलले बुढ्यौली साहित्यको पर...
कविताः तन यो नगल्दै

कविताः तन यो नगल्दै

-सुदीपभद्र खनाल- जो राजहंस मन डुब्दछ वासनामा तोडेर यी जग बन्धन विघ्न धामा होस् कृष्णका चरणमा स्थिर अन्त्यमा गै यो चित्त पित्त कफले तन यो नगल्दै अज्ञान को हृदय वादल छाँटिएर भै स्थित प्रज्ञ मन शान्त प्रभो भजेर प्राणान्तमा चरणमा प्रभुका परूँ गै भै ग्रस्त पित्त कफले तन यो नगल्दै एकाग्र चित्त सँगले चरणारविन्द श्री कृष्ण नित्य म भजूँ र भुलूँ अनित्य जा जा तँ चित्त अब जा प्रभु भक्तिमा गै हो स्थिर पित्त कफले तन यो नगल्दै हे दीनवन्धु भवसिन्धु अपार तार हे विश्वनाथ अनन्त लगाउ पार श्री भूमिजानाथ जपूँ म आजै भै रुग्ण पित्त कफले तन यो नगल्दै । -अमेरिका ।...
कविता: ऊ अर्थात्…

कविता: ऊ अर्थात्…

-आर.आर. चौलागाईं- कहिले गधा भएर अर्काको भारी ओसारिरह्यो कहिले गोरू भएर अर्काको खेत जोतिरह्यो मान्छे भएर एक निमेष पनि बाँचेन ऊ जहिले पनि घोडा भएर मात्र अर्कालाई बोकिरह्यो । अचेल अक्षरको थाकल बटुलेर घर छाउन थालेको छ ऊ अचेल शब्दको गैँती बोकेर बाटो खन्न हिँडेको छ ऊ फुक्का हुन पाएकोमा दङ्ग छ फुरूङ्ङ छ दाम्लो छिनेकोमा अचेल सपनामा पनि कविता बरबराउन थालेको छ ऊ । भन्न सकिन्न भोलि के हुन्छ माथि पुग्छ कि अथवा तल झर्छ ऊ देवकोटा पागल भएको यो देशमा गोकुल जोशी भोकभोकै मरेको यो चिहानमा कुनै पनि बेला भुसुनाजस्तै किचिक्क हुन सक्छ ऊ अथवा खाली सिसी र पुरानो कागज भएर कौडीको मोलमा पनि बिक्न सक्छ ऊ । -हेटौंडा, मकवानपुर ।...
लघुकथा: बानी परिवर्तन

लघुकथा: बानी परिवर्तन

-आरसी रिजाल- छोरालाई -- " तँलाई जोईटिङ्ग्रे ,मैले नौ महिना गर्भमा सुताको,दस धारा दूध चुसाको बिर्सिस्।त्यसको भार तिर्न पर्दैन ? " भन्ने मट्याङ्ग्री बुढीको थेगो झैँ भएको छ।बुहारीलाई --" हाम्रा पालामा यस्तो गर्थ्यौँ/उस्तो गर्थ्यौं ।ऎलेकालाई हाम्ले झैँ बुहार्तन खेप्न परेको भए तिनका बाउको बिहे देख्थे " भनी उत्तिकै करकर गर्छिन् । बुढीको वेतुकका करकरबाट वाक्कदिक्क भएर छोराबुहारीले एक साँझ म र वडा सदस्यलाई बोलाए । बुढियालाई अगाडि राखेर मैले कुराको सुरुवात गरेँ-- रमाइलोमा/ बाध्यतामा जे होस् छोराछोरी जन्माएपछि हुर्काउनु आमाको कर्तव्य हो। कर्तव्यलाई निहुँ पारेर अधिकार खोज्नु सुहाउँदैन। तपाईंले गर्भमा बोकेको र दूध चुसाएको भार कतिलाख पर्छ भन्नुस् ? छोराले ऎले चेक काटेर दिन्छ। अनि भार बोकेर तपाईं यो घरबाट पार हुनुस्।नभए घरजग्गा तपाईंले राख्नुस्। छोराबुहारी बाहिर डेरामा बस्छन् ।सहनुको पनि एउटा सीमा ...