
हिमवत्खण्ड सम्मिलन चैत १-३ सम्म हुने लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने
नेपाल । हिमवत्खण्डमा छरिएर रहेका नेपाली भावनालाई समेट्ने प्रयासस्वरूप चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन गरिने भएको छ । मदन भण्डारी कaला–साहित्य प्रतिष्ठानद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाका अनुसार हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने कार्यक्रम छ ।
डा. सुब्बाका अनुसार सम्मिलनमा मुलुकका सात वटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर...