झसापको पाँचौं अधिवेशनबाट गायत्री रुपाखेतीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन
नेपाल (मकवानपुर) । मकवानपुरको बकैया–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार सम्पन्न झरना साहित्यिक परिवार मकवानपुरको पाँचौं अधिवेशनबाट गायत्री रुपाखेतीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन भएको छ ।
रूपाखेती यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । आगामी तीन वर्षको लागि गठित कार्यसमितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुयाँल तथा सहसचिवमा अमृता लामिछाने चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा हरिप्रसाद घिमिरे, मन्जु दाहाल, विजय दोङ, स्वस्तिका दाहाल र शिवप्रसाद बोलखे रहेका छन् ।
तीन दशकभन्दा लामो समयदेखि मकवानपुर जिल्लामा सक्रिय साहित्यिक संस्थाको पाँचौँ अधिवेशनमा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य, बकैया–४ वडा अध्यक्ष लक्ष्मी जिम्बा, बकैया गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी माझी, संस्थाका संस्थापक अध्यक्ष रमेशमोहन अध...









