लघुकथा: अनागरिक
            -आरसी रिजाल-
एकअर्काको हात समाएर लैनो भैंसीको पाडो हिडेँझैँ हिँड्ने बुढाबुढी देखेको झण्डै एकसाता भयो। दुबै वृद्ध भएकाले कसले कसलाई सहारा दिएर हिँडेका हुन् ठम्याउन सकिदैनथ्यो।
एकदिन खुलदुली मेट्न नगिचै पुगेर सोधेँ। बुढाले -- वृद्धभत्ता पाइन्छ रे भनेर नागरिकता बनाउन आएको। प्रशासन र वडा कार्यालय धाँउदाधाँउदा हत्तु भैयो भने।
सहयोग पुर्याउन सकिन्छ कि भनेर वडामा पुगेँ। वडा अध्यक्षले -- उहाँहरु ७०/७५ बर्ष अगाडि यहि वडाको लामिडाडा भन्ने ठाउमा जन्मेको भन्नुहुन्छ।त्यहाँको बस्ती उठेको तिसौँ बर्ष भयो होला। मुचुल्का उठाउन चिन्याजान्या कोहि छैन। र अन्य प्रमाणिात कागजात केही छैन। अनाहकमा हामी फस्छौँ।जिल्ला प्रशासनमै जानुस् भने।
जिल्ला प्रशासनमा वडाको सिफारिसबिना नागरिकता उपलब्ध गराउन सम्भव छैन भने। मैले -- उहाँलाई लामिडाडाको पानीको मुहान, खोल्साखोल्सी, चौतारो ,गौचरन आदि सबै थाहा छ भन्नुहुन्छ ।अनि उह...        
       
    






