२९ फाल्गुन २०८२, शुक्रबार

भाषा/साहित्य

‘समयका तरंक’ कविताकृति सार्वजनिक

‘समयका तरंक’ कविताकृति सार्वजनिक

नेपाल । कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कविताकृति ‘समयका तरंक’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । गत सोमबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा। कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, खेम नेपाली, महेश रेग्मी, लेखककी माता सीतादेवी ढकाललगायतले संयुक्त रूपमा कृति सार्वजनि गरे । विमोचित कृतिमाथि साहित्यकार विवश पोखरेल, गंगा सुवेदी र बाबुराम पोखरेलले पाठकीय टिप्पणी रोखेका थिए । विराट साहित्य संगमले प्रकाशित गरेको कृतिभित्र ढकालका ७२ वटा कविता समावेश छ ।...
पदम विश्वकर्माको उपन्यास ‘पाताल’को काठमाडौंमा परिचर्चा कार्यक्रम सम्पन्न

पदम विश्वकर्माको उपन्यास ‘पाताल’को काठमाडौंमा परिचर्चा कार्यक्रम सम्पन्न

नेपाल । साहित्यिक पत्रकार संघले बुधबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रमको उद्घाटन पूर्व राजदुत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत एवम् कवि भीम उदासले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो संख्या रहेको र तिनीहरू चारैतिरबाट शोषणमा परेको जस्तो उठाउनै पर्ने संवेदनशील विषयलाई उपन्यासले उठाएको बताउनुभयो । सोही कार्यक्रममा विशिष्ट अतिथि प्राडा सुरेन्द्र केसीले नेपालीहरूले भोगिरहेको पीडाप्रति राजनीतिक दल र नेताहरू संवेदनशील नभएको धारणा राख्नुभयो । कार्यक्रममा स्वागत गर्दै अध्यक्ष लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि बोल्नु भएक...
‘पागल हुन कहाँ सजिलो छ र ?’ कविता संग्रह सार्वजनिक

‘पागल हुन कहाँ सजिलो छ र ?’ कविता संग्रह सार्वजनिक

नेपाल । कवि बिसुकुमार केसीको कविताकृति ‘पागल हुन कहाँ सजिलो छ र ?’ एक समारोहबीच सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अतिथिहरू नेपाली कांग्रेसका महामन्त्री गगन थापा, गीतकार एसपी कोइराला र कवि नवराज लम्साल लगायतले कृति सार्वजनिक गरे । कवि केसीले कविताकृतिमार्फत् मानवीय संवेदना, नेपाली समाजका विविध आयामहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको थापाले बताएका छन् ।...
राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण

राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको बताउनुभयो । सम्मानित कविहरूमा सिराहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम पश्चिकी तुलसी केसी, मकवानपुरकी मिरमा (रमा सुवेदी), सुनसरीका शमुएल कोइराला, ललितपुरका सन्ध्या महर्जन र चितवनका सिर्जन अविरल हुनुहुन्छ ।...
यसवर्षको पद्मश्री साहित्य पुरस्कार ‘छालबाटो’ लाई

यसवर्षको पद्मश्री साहित्य पुरस्कार ‘छालबाटो’ लाई

नेपाल । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा स्थापित यस वर्षको पद्मश्री साहित्य पुरस्कार स्रष्टा रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानलाई प्राप्त नेपाली साहित्यका दुई सय तीनवटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित भएकामा ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिसअनुसार ‘छालबाटो’लाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रतिष्ठाने आइतबार एक विज्ञप्ति जारी गरी स्रष्टा भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत जीवन्त रूपमा समेटेको जनाएको छ । प्रतिष्ठानले २०६३ साल...
यस वर्षको भैरव पुरस्कार हाँस्य व्यङ्ग्यकार प्रधानलाई

यस वर्षको भैरव पुरस्कार हाँस्य व्यङ्ग्यकार प्रधानलाई

नेपाल । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हाँस्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो । त्यस्तै रु एक लाख एक हजार १११ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ । रु ५१ हजार १११ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनौट ...
न्यूयोर्क निवासी साहित्यकार शम्भु राईको कविता संग्रह ‘आदर्श पहाड’ काठमाडौंमा सार्वजनिक

न्यूयोर्क निवासी साहित्यकार शम्भु राईको कविता संग्रह ‘आदर्श पहाड’ काठमाडौंमा सार्वजनिक

नेपाल । युवा साहित्यकार शम्भु राईको कविता संग्रह ‘आदर्श पहाड’ को शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बसिरहनु भएका कवि राईको यो पहिलो कृति हो । नेपाल प्रज्ञा प्रतिष्ठाका कुलपति भुपाल राई, प्राज्ञ श्रवण मुकारूङ तथा कविका आफन्तहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो । कार्यक्रममा बोल्दै कुलपति राईले संग्रहमा समेटिएका कविताहरुमा पहाडका जनजिवन र सौन्दर्य चेत भेटिने बताउनुभयो । परदेशबाट देश सम्झनु भनेको सत्ता चेत ब्युँझाउनुसमेत भएको धारणा व्यक्त गर्दै उहाँले कविमा त्यो चेतना देखिने बताउनुभयो । प्राज्ञ श्रवण मुकारुङले करिब ४० दशकको आफ्नो कविता यात्रा र नेपाली कविहरुको प्रवृत्तिबारे ब्याख्या गर्दै पुस्तकमा समेटिएको कविताहरु विचार र सिल्पले खारिएको टिप्पणी गर्नुभयो । विश्वभर मुक्त छन्दमा लेखिएका कविता लाखौँ रहेको उल्लेख गर्दै उहाँले संग्रहमा समेटिएका कविताहरुले पनि ...
सानेपामा वसन्त पराजुलीको उपन्यास बखानमाथि परिचर्चा

सानेपामा वसन्त पराजुलीको उपन्यास बखानमाथि परिचर्चा

नेपाल । लेखक वसन्त पराजुलीको उपन्यास बखानमाथि परिचर्चा भएको छ । नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको आयोजनामा पुस्तक चर्चा कार्यक्रम भएको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपा आयोजित कार्यक्रममा सहभागीले ऐतिहासिक पात्र बखानसिंह गुरुङले प्रजातान्त्रिक आन्दोलन, सहकारी अभियान एवम् चितवनको बस्ती विकासमा पुर्‍याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंशा गरे । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एव पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले बखानसिंह गुरुङको सङ्घर्षको बारेमा जानकार रहेको बताउनुभयो । उहाँले ऐतिहासिक विषयलाई उपन्यासमार्फत् उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य एव पुस्तकालय तथा अध्ययन श्रोत केन्द्रका प्रमुख अजयबाबु सिवाकोटीले ऐतिहासिक पात्र बखानसिंह गुरुङको सङ्घर्षको गाथामा पराजुलीले उपन्यास तयार पारेको चर्चा गर्न...
कविता: सुशासन

कविता: सुशासन

-आर. आर. चौलागाईं- तिमी नभए पनि घाम उदाउँछ तिमी नभए पनि जून झुल्किन्छ तिमी नभए पनि ताराहरू चम्किन्छन् नदीहरू बग्छन् फूलहरू फुल्छन् हावा चल्छ पानी पर्छ चराहरू उड्छन् भालेहरू बास्छन् तिमी नभए पनि । तिमी नभए पनि मौरीले मह बनाउँछ तिमी नभए पनि श्रमिकहरू काममा खट्छन् तिमी नभए पनि किसानहरू खेतमा जान्छन् सवारी साधनहरू गुड्छन् बत्तिहरू बल्छन् पृथ्वी घुम्छ कुकुर भुक्छ बालीहरू पाक्छन् पसलहरू खुल्छन् तिमी नभए पनि । तिमी हुनु र नहुनुमा मलाई केही फरक पर्दैन तर तिमी हुँदा मलाई एउटै कुरा चाहिन्छ त्यो हो सुशासन जो अहिलेसम्म मैले देख्न पाएको छैन । हेटौंडा, मकवानपुर ।...
लघुकथा: माइती घर

लघुकथा: माइती घर

-आरसी रिजाल- ससुरा -- ए रुपा मेरो औषधि खानेबेला भो पाँच मिनेटभित्र मनतातो पानी लेउ है । सासू -- धारोमा धोती छ।पछारेर सुकाइ देउ छिटो नत्र सुक्दैन । नन्द -- ए भाउजू ! छिटो कपाल कोर्दिनुस् न।स्कुल जानबेला हुनलाग्यो । छोराछोरी --ममि आका धोइदिनुस्/ मेरो बेल्ट खोज्दिनुस् । पति -- लौ छिटो मेरो जुत्तामा पलिस लाइदेउ।अफिस जान ढिलो भैसक्यो । रुपा -- हैन म काठमाडौंको माइतीघर हो र भन्या साराको समस्या मेरै छातीमा बजार्नु पर्ने। -हेटौंडा, मकवानपुर ।...