२९ फाल्गुन २०८२, शुक्रबार

भाषा/साहित्य

गद्यकविता: सतर्कता

गद्यकविता: सतर्कता

-घनश्याम न्यौपाने ‘परिश्रमी’- पतनकाे गर्तमा लुकेर भ्रष्टाचारीहरू अझै दम्भ ओकल्दै छन् र पराेक्षतः सामाजिक सञ्जालका मैदानहरूमा छरिँदै छन् भाषाका माध्यमबाट जाे विषालु सर्प हुन्, सत्तालाेलुपताकाे नाङ्गो चाहना अझै जीवित छ र त बर्बराउँदै छन् यसरी " हाम्रो समर्थन छ हामी सच्चिनेछौँ हामी त्यही बाटोमा हिँड्छौँ किशाेरहरू! युवाहरू!! जुन तिमीहरूले प्रशस्त गरेका छौ", तानाशाहका आततायी पिछलग्गुहरू कुनै पनि बेला उठ्ने दाउ पर्खिँदै छन् , भ्रष्टाचारीका आतङ्ककारी अन्धा समर्थकहरू मौका खाेज्दै छन् अनुकूल, सामन्तवादका परम भक्तहरू आशातीत अवसरकाे पर्खाइमा छन् , सतर्क हुनू अत्याचार, भ्रष्टाचार, अनि.. शाेषण-दमनको अँध्यारो भत्काउन जुर्मुराउँदै जुरुक्क उठेका देशभक्त / राष्ट्रवादी तिमीहरू अर्थात् किशोरहरू! युवाहरू !! तिमीहरूकाे सतर्क अनुगमनको अविच्चिन्न निरन्तरता ...
बालगीत: खाते हुँ म खाते

बालगीत: खाते हुँ म खाते

-रमेशचन्द्र घिमिरे- कोही भन्छन् गोरे मलाई कोही भन्छन् राते गोरे, राते जे भए’नि खाते हुँ म खाते कन्टेनरमा खानेकुरा नियालेर खोज्छु थोत्रा प्लास्टिक छन् कि छैनन् सडकसित सोध्छु दुखियाको कर्मै यस्तो छैन भनी साध्ये खाते हुँ म खाते हजुर खाते हुँ म खाते अरू साथी स्कुल जान्छन् काँधमा झोला बोकी मैले भने बोरा मात्रै बोक्नु पर्ने हो कि ? सडकदेखि सडकसम्म गर्दै आते–जाते हिँड्ने मान्छे अरू होइन खाते हुँ म खाते । -लमजुङ ।...
‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

नेपाल । दोलखा जिल्लाको कालिन्चोकबारे लेखिएको ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण भएको छ । पत्रकार एवं लेखक रोहिणीप्रसाद घिमिरेले लेख्नुभएको पुस्तकको लोकार्पण कामना न्युज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितलगायतले संयुक्त रूपमा गर्नुभयो । प्रबन्ध निर्देशक श्रेष्ठले सो पुस्तकले यस क्षेत्रको धार्मिक पर्यटनमा वृद्धि हुने आशा व्यक्त गर्नुभयो । यसै गरी सम्पादक पण्डितले कालिन्चोकको यात्रा गर्दा यस पुस्तकको अध्ययन गरी कालिन्चोकबारे जानकारी लिएर गएमा सहज हुने विचार व्यक्त गर्नुभयो । लेखक घिमिरेले पुस्तकमा कालिन्चोकको कुरी बजार, कालिन्चोक पर्वत, सो क्षेत्रमा भेटिएको तरबार, त्यहाँ सिद्धि प्राप्त गर्ने खप्तड बाबासहित महान् योगीका बारेमासमेत उल्लेख गरिएको छ । पुस्तकमा प्रख्यात तीर्थस्थल कालिन्चोक भगवती स्थानलगायत सो क्षेत्रसँग सम्बन्धित व...
साहित्यकार छवि अनित्यको ‘बाल महाभारत’ पुस्तक सार्वजनिक

साहित्यकार छवि अनित्यको ‘बाल महाभारत’ पुस्तक सार्वजनिक

नेपाल । साहित्यकार छवि अनित्यको चौथो कृतिस्वरूप ‘बाल महाभारत’ पुस्तक सार्वजनिक भएको छ । ‘गोकु’, ‘नारुतो’ जस्ता एनिमे पात्रमा आकर्षित हुँदै गएका वर्तमान पुस्तालाई पूर्वीय साहित्यको महान् ग्रन्थ महाभारतका पौराणिक पात्रसँग परिचित गराउने उद्देश्यले यो पुस्तक तयार गरिएको हो । पुस्तक विशेष गरी कक्षा ६ माथिका बालबालिकालाई लक्षित गरी लेखिएको छ । सरल र आकर्षक भाषाशैलीमा तयार गरिएको यस कृतिमा महाभारतका १८ वटै पर्वका मूल कथालाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ । पुस्तकमा समावेश चित्रकार रवि मिश्रद्वारा कोरिएका आकर्षक चित्रले बालबालिकालाई कथासँग अझ नजिक बनाउने अपेक्षा गरिएको छ । चाडपर्वको फुर्सदिलो समयमा यस पुस्तकको अध्ययनले बालबालिकालाई पौराणिक ज्ञान र संस्कृतिप्रति रुचि बढाउन सहयोग गर्ने लेखकले विश्वास लिनुभएको छ । सो पुस्तक कलम प्रकाशन, काठमाडौँले प्रकाशित गरेको हो ।...
अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेलाई पितृ शोक

अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेलाई पितृ शोक

अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेलाई पितृ शोक परेको छ । वाग्लेका पिता रामचन्द्र वाग्लेको ८३ उपचारको क्रममा सान्सफ्रान्सिस्को अमेरिकामा निधन भएको हो । बीपी कोइरालाका अनुयायी वाग्ले साहित्यमा पनि गहिरो रुचि राख्नुहुन्थ्यो । ०१७ सालमा प्रजातन्त्र हरण भएपछि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । तनहुँमा जन्मनुभएका वाग्ले ०१७ सालपछि जनचेतना जगाउन घर छाडेर सुदूरपश्चिमका गाउँ गाउँमा पुग्नुभएको थियो ।...
देशलाई शून्यताको अवस्थाबाट माथि उठाऔंः साहित्यकारहरु

देशलाई शून्यताको अवस्थाबाट माथि उठाऔंः साहित्यकारहरु

नेपाल । बुटवलका साहित्यानुरागीले देशलाई शून्यताको अवस्थाबाट माथि उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । देशले आन्दोलन माग गरेका बेला उथलपुथल हुने भन्दै उनीहरूले देशलाई शून्यबाट माथि उठाउँदै पुनर्निर्माणमा अघि बढाउनुपर्ने बताएका छन् । बुटवलका साहित्यकर्मीहरू हरेक महिनाको अन्तिम शनिबार साहित्य सङ्गममार्फत जोडिन्छन् । त्यही सङ्गमको ३२६ औँ मासिक शृङ्खला शनिबार सम्पन्न भएको हो । त्यस अवसरमा साहित्यकार ऋषिराम भुसालले प्रस्तुत रचनाको समीक्षा गर्दै कहिलेकाहीँ क्षति पनि सुन्दर बन्न सक्ने र त्यही बाटो हुँदै देशको पुनर्निर्माण र नयाँ सम्भावनाको खोजी हुन सक्ने उल्लेख गर्नुभयो । लेखक गणेश घिमिरेले साहित्य सत्यको समर्थन र गलतको विरोधका साथै विकल्प प्रस्तुत गर्ने दिशामा अघि बढ्नुपर्ने बताउँदै नेपाली समाज र राजनीतिले अहिले खोजिरहेको सबैभन्दा ठुलो आवश्यकता विकल्पको निर्माण हो र साहित्यले त्यसमा अग्रणी भू...
कविताः देशले हार्यो

कविताः देशले हार्यो

-सर्वज्ञ वाग्ले- दुर्योधनको हठमा रगतको खोला बग्यो, शकुनिको धुर्त्याइॅमा सभ्यताको विनाश भयो, धृतराष्ट्रको कप्ट्यइॅमा राज्य हराइयो । नेपाल ! तिमी पनि त्यही बाटोमा त होइनौ ? सिक्किम झैं विलय, भुटानमा झैं मौन शान्ति, इथोपिया झैं भोकमरी के यो नै हो त तिम्रो भविष्य ? आन्दोलनले खोलेको ढोका हुन सकोस् सावधानी उदाओस् सुनौलो बिहानी नभए सपनाको चिहान बन्न के बेर ! भवनहरू छन् जलेका भएका छन् प्रमाणहरू खरानी , भए कर्णधारहरू शहीद रक्त आहालमा होली खेल्दै, चल्दै छ घुसपैठ चल्मलाउॅदै छन् अराष्ट्रिय तत्वहरू देश हराऊने जुगाडमा यो खुशी हो कि उन्माद ? बिन्ती नेपाल ! इतिहास फेरि नदोहोरियोस्, सत्ता खाने मुसाहरू फेरि दुला भित्र नपसुन्, कहिल्यै नबुनियोस् भ्रष्ट्राचारको माकुरीजालो चिहानघारी नबनोस् देश । -अमेरिका...
कविताः दृष्टि

कविताः दृष्टि

-सुदीपभद्र खनाल- बर्बरिक भएको छ मेरोपनि दृष्टि युद्दमैदानमा चाहे जोसुकै लडिरहेको होस् हिजो उसले देखेजस्तै मेरो दृष्टिले पनि केवल उसैको खेल देख्छ तपाईंलाई थाह नहुन सक्छ हार्नेलाई थाहा नहुन सक्छ जित्नेलाई पनि थाहा नहुनसक्छ तर उसलाई सबै थाहा छ सबै सबै घटना र परिघटना पात्र र प्रवृत्ति सूत्र र सूत्राधार सबै उसैको अदृष्य नियन्त्रणमा छन् । समग्र घटनाक्रमहरूको आँखिझ्यालबाट बर्बरिक दृष्टिमा म देखिरहेछु उसलाई र उसैको इसारामा एक आपसमा लडिरहेकाहरू सबैलाई सर्वनाशको यो कोलाहल बीच चूपचाप हेरिरहेछु म समयको कठघरामा स्वयम् बर्बरिक भएर उभिँदै सही होस् या गलत प्रतिकृया बिहिन भएर केवल नियालिरहेछु हेरिरहेछु । हिमालयको काखमा जलिरहेको हस्तिनापुर चलिरहेको छद्म युद्द र देखिरहेछु आत्म दृष्टिले जताततै खेलिरहेको उ मात्रै जितिरहेको उ मात्रै र निरन्तर हारिरहेको मेरो देश लाग्छ किना...
कविताः त्यो को हो ?

कविताः त्यो को हो ?

-लालगोपाल सुवेदी- चोरी भएको थियो दूध रातो रगत मन पर्दैनथ्यो त्यसलाई बग्यो तात्तातो रातो रगत सडकमै रगत त्यसको दूधजस्तै निख्खुर सेतो चिनौं हामी को हो त्यो ? र् याल त निकाल्छन् सबैले जिब्रोबाट भोकले पनि हुन सक्छ लोभले पनि हुन सक्छ त्यसले त पसिनै निकाल्यो जिब्रोबाट चिनौं हामी त्यो को हो ? भन्थे कसै कसैले साडी लगाएर भाग्यो रे त्यो टाउकोबाटै जन्मे सन्तान त्यसका राति राति अन्धमुष्ट अन्धकारमा खान्छ त्यसले निरीह अबोध जनको रगत अक्सर निदाएकै बेला खान्छ चिनौं हामी त्यो को हो ? भरमार सपना बाँड्छ त्यसले भयङ्कर फ्रायडवादी हो त्यो गर्छ नौटङ्की नाटक कल्पित भ्रम न हो नाटक भ्रम हो सपना आफैमा चुँडाल्छ पुच्छर वाल्ल पारेर दर्शकलाई भागि पो हाल्छ कहाँकहाँ ? चिनौं हामी त्यो हो ? पाँचतारे होटलमा चौरासी ब्यन्जन खायो विदेशी ब्राण्डको शताब्दी पुरानो रक्सीमा नुहायो गुची चस्मा लगाय...
बालकविता: मेरो भाइ

बालकविता: मेरो भाइ

-रमेशचन्द्र घिमिरे- कहिले खिस्स हाँस्छ कहिले बर्र आँसु झार्छ मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ जब पढ्ने बेला हुन्छ लाग्छ भोक उसलाई काम अह्राउँदा फन्किन्छ ऊ चल्छ झोक उसलाई घरको जितार भई के भो बाहिर जाँदा हार्छ मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ फुकाएर किताब उसले पढे पनि हुन्थ्यो कापी झिकी गृहकार्य गरे पनि हुन्थ्यो अल्छी छ ऊ केही गर्दैन हाँसी हाँसी टार्छ मेरो भाइ जहिले पनि हैरान मात्रै पार्छ । -भोर्लेटार लमजुङ...