८ असार २०८२, आईतवार

भाषा/साहित्य

कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई चार लाख रुपैयाँको पहिचान पुरस्कार

कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई चार लाख रुपैयाँको पहिचान पुरस्कार

नेपाल । पहिचान पुरस्कार कोषले २०८०–८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ । पुरस्कारको राशि चार लाख २,००२ रुपैयाँ रहेको छ । शुक्रबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट स्याङ्तानको कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो । स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजङ्ग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।...
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा थापालाई सम्मान, सिङ्जाङ्गोलाई पुरस्कार दिने घोषणा

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा थापालाई सम्मान, सिङ्जाङ्गोलाई पुरस्कार दिने घोषणा

नेपाल । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा पुरस्कार’ सिक्किम भारतकी युवा इतिहासकार तथा याक्थुङ मुन्धुमका अध्येता सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई दिने घोषणा गरेको छ । त्यस्तै ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ । प्रतिष्ठानको बेलायतमा आइतबार बसेको बैठकले एक लाख रुपियाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार सिङ्जाङ्गोलाई र ५० हजार रुपियाँ र ताम्रपत्रसहितको सम्मान थापालाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष टङ्क बनेमले जानकारी दिनुभयो । प्रतिष्ठानले सिङ्जाङ्गोले मुन्धुमको खोजी, अनुसन्धान, अनुवाद र लेखनका साथै स्थानीय रैथाने कला संस्कृति संरक्षणमा सक्रिय रहनुभएकाले उहाँलाई पुरस्कृत गर्ने जनाएको छ । उहाँको अङ्ग्रेजीमा ‘लिम्बू समन्सः अ डाइरेक्टरी अल लिम्बू समन्स इन सिक्किम, चइत मुन्धुम (दी स्टोरी अफ क्रियसन), मुजिङ्ना खेयङ...
मकवानपुरका कवि मसान उपासकको चितवनमा कविता वाचन

मकवानपुरका कवि मसान उपासकको चितवनमा कविता वाचन

नेपाल (भरतपुर) । मकवानपुरका कवि मसान उपासकले चितवनमा कविता वाचन गर्नुभएको छ । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गर्नुभयो । कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गर्नुभयो । त्यसलगत्तै कवि उपासकले कवितावाचनलाई अगाडि बढाउनु भयो । पहिलो कवितास्वरुप उहाँले `जानू अघि सहरतिर´ शीर्षकको कविता सुनाउनु भयो । त्यसपछि 'छोरीको नाममा', 'तिमीसँग', 'फर्कन चाहन्छु', 'विकास' र 'देश प्रति' शीर्षकका कविता पहिलो चरणमा सुनाउनुभयो । दोस्रो चरणमा ५ वटा र अन्तिममा धन्यवादसहित 'असमयमै अस्ताएकाे घाम' शीर्षककाे एउटा कविता सुनाएर उपासकले कविता वाचनलाई समापन गर्नुभएको थियो । कार्यक्रममा कवि सुवास सजल र विमला कार्कीले कवि उपासकको कविता कर्मको चर्चा गर्नुभएको थियो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कवि उपासकका कविता नोस्टाल्जिक बनाउने ख...
छतिवनको महेन्द्र माविमा संस्मरणलेखन सहजीकरण कार्यक्रम सम्पन्न

छतिवनको महेन्द्र माविमा संस्मरणलेखन सहजीकरण कार्यक्रम सम्पन्न

नेपाल (हेटौंडा) । मकवानपुरको बकैया गाउँपालिका—४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरूका लागि नियमित अतिरिक्त क्रियाकलापका सन्दर्भमा संस्मरण तथा यात्रा संस्मरण सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर २१ गते आयोजित सो कार्यक्रममा कक्षा ६ देखि कक्षा १२ सम्मका गरी ३५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । झरना–महेन्द्र बाल साहित्य समितिकी अध्यक्ष प्रदिना खड्काको सभाध्यक्षतामा आयोजित सो कार्यक्रमको सहजीकरण यात्रा संस्मरणकार रमेशमोहन अधिकारीले गर्नुभएको थियो । सहजीकरण पश्चात् स्थलगत संस्मरण प्रतियोगितासमेत आयोजना गरिएको सो कार्यक्रममा आधारभूत तहतर्फ रीतिका लामिछाने, माध्यमिक तह (कक्षा ९—१०) तर्फ मुनुमाया स्याङ्बो तथा माध्यमिक तह (कक्षा ११—१२) तर्फ अनिल बल उत्कृष्ट भएका थिए । सो कार्यक्रममा विद्यालयका सहायक प्रअ उद्धवप्रसाद सापकोटा तथा शिक्षकहरू खेमबहादुर विक...
बाल लघुकथाः कस्तुरी

बाल लघुकथाः कस्तुरी

–आरसी रिजाल– नातिनी -- हजुरबा भगवान ठूलो कि तपाईं ? हजुरबा -- मान्छे पनि कहिँ भगवानभन्दा ठुलो हुन्छ। शृष्टिकर्ता नै ठुला हुन नानी।तिमिले किन आज अनौठो प्रश्न सोधेकी ? नातिनी -- हाम्रो सरले भन्नुभएको जुनघरमा बुढाबुढीको सम्मान हुन्छ,त्यही घरलाई ईश्वरले आफ्नो मन्दिर ठान्छन् रे! आफ्नो गोजीको ईश्वरलाई छाडेर तिमीहरु अन्यत्र खोजीमा भौँतारिनु हुँदैन भन्नू भएको छ । हजुरबा -- एकहदसम्म त्यो भनाइमा पनि सत्यता त होला नानी ,तर हाम्रा पुर्खाले सदियौँदेखी मान्दै आएको संस्कारलाई चटक्कै त्याग्न सकिन्न। म हिँड्न सकुन्जेल मन्दिर गएको तिमीले देखेकै थियौ हैन र ? नातिनी -- देखेको थिएँ । ए त्यसो भए जुन घरको बुढाबुढी हिँड्डुल गर्न सक्तैनन् त्यो घरका परिवारले बुढाबुढीप्रती कस्तो व्यबहार गरेका छ्न त्यो हेर्न भगवान आउने भएर होला सरले त्यस्तो भन्नू भएको । हजुरबुबा -- घरभित्रका बुढाबुढीमात्र हैन । घरभन्दा बाहि...
मुक्तकः नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन्

मुक्तकः नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन्

–आर.आर. चौलागाईं– तलबाट उठेकाहरू पनि बिग्रिँदा रहेछन् सरिफहरू पनि मौका पाउँदा चिप्लिँदा रहेछन् कसको भर पर्नु हजूर ! जता पनि भताभुङ्ग नियत सडेपछि भरिएका पनि रित्तिँदा रहेछन् । –हेटौंडा, मकवानपुर ।
राष्ट्रिय गीतः दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ

राष्ट्रिय गीतः दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ

–तुलसी घिमिरे– दुश्मनले बाटोघाटो दाउ बुझ्दै हिड्छ फुलैफुलले सजिएको गाउँ खोज्दै हिड्छ सत्रुहरु जति आउन मान्दिन म पिर नेपालीको छोरो हुँ म झुक्दैन यो शिर । कम्मरमा खुकुरी छ शिरमा ढाकाटोपी हिडेको छु आत्मविश्वास सधैभरी बोकि बगेको छ रातो रगत काली तिरै तिर नेपालीको छोरो हुँ म ### शिरमाथी छ चन्द्र सुर्य झन्डा फरफर जहाँ अग्लो हिमाल छ त्यही मेरो घर देशको खातिर खुन दिने नेपाली म विर कस्तै दुख आउँदा पनि झुक्दैन यो शिर । हेटौंडा, मकवानपुर ।...
बालकविताः गरिबको जाडो

बालकविताः गरिबको जाडो

–रमेशचन्द्र घिमिरे– कमिजमाथि स्विटर र ज्याकेट लाएर मुखियाको छोरा हिँड्छ गीत गाएर । जड्यौरीले छोपेको दुब्लो जिउ छ आफूलाई त जैले नि स्यूको सिउ छ हाम्रो शिरले ऊनीको टोपी देख्दैन पातलो यो गन्जीले जाडो छेक्दैन । जुत्तामोजा लाए पो गोडा फुट्थेन अनि बल्ल जाडामा रिस उठ्थेन मुखियाका घरमा बाले वर्ष बिताए आफू हारे कामले उनलाई जिताए । न त मीठो खाएका राम्रो लाएका उनकै खेत गरेर दुःख पाएका सकिन्जेल गरिबको हड्डी घोटाए हाम्रा बाका दुस्खले साहु मोटाए । दिनरात घोटिँदा नि कमाइ भएन काम छोडेको भोलिपल्ट क्यै नि रहेन दयालु भै टोपलिए थाङ्ना दिएर उध्रिएका कपडा लाउँला सिएर । नयाँ लुगा दिन उनलाई कत्रो सकस मुखियाका दौरा सुर्बाल् बालाई बकस सधैंभरि जड्यौरी थोत्रा लाउँछन्, बा हाम्रा अब सुखका दिन कैले आउँछन् बा ? –भोर्लेटार, लमजुङ ।...
बाह्रखरी कथा लेखन प्रतियोगितामा विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम

बाह्रखरी कथा लेखन प्रतियोगितामा विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम

नेपाल । छैटौँ संस्करणको डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ प्रथम भयो । मंसिर १६ गत आइतबार काठमाडौंमा बाह्रखरी मिडियाद्वारा आयोजित विशेष समारोहमा विजेता घोषणा गरिएको हो । प्रतियोगितामा कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र विवेक धिमालले ‘मैले देखेको विद्यालय’ शीर्षकको कथामार्फत तृतीय पुरस्कार प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट नेपाली कथाकारका ९३७ कथा प्राप्त भएको थियो । तीमध्ये उत्कृष्ट २५ कथाको संग्रह ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि कार्यक्रममा गरियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, विभिन्न क...
अमेरिकाको वासिङ्टन डिसीमा साहित्यकार तिमल्सिनालाई अभिनन्दन

अमेरिकाको वासिङ्टन डिसीमा साहित्यकार तिमल्सिनालाई अभिनन्दन

अमेरिका । साहित्यकार प्राडा मोहनप्रसाद तिमल्सिनालाई अमेरिकाको वासिङ्टन डिसीमा अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी च्याप्टरले तिमल्सिनालाई अभिनन्दन गरेको हो । नेपाली भाषाको प्राध्यापन गरी हजारौँ विद्यार्थीलाई नेपाली भाषा साहित्यमा दक्ष बनाएको तथा प्राध्यापनको माध्यमबाटै नेपाली भाषा र साहित्यको संरक्षण र विस्तारमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै तिमल्सिनालाई सम्मान गरिएको संस्थाले जनाएको छ । नेपाली शास्त्रीय काव्यरचना परम्पराको विकासमा समेत तिमल्सिनाको योगदान महत्त्वपूर्ण रहेकोले पनि अभिनन्दन गरिएको संस्थाका अध्यक्ष पुष्करराज पन्तले बताउनुभयो । “प्राध्यापनको माध्यमबाट नेपाली भाषा साहित्यको संरक्षण र विस्तार गर्नुका अतिरिक्त यहाँले शास्त्रीय छन्दमा विविध काव्य सिर्जना गरी नेपाली शास्त्रीय काव्यरचना परम्पराको विकास एवम् प्रत्यक्ष रूपमा संलग्न रहेर सामाजिक...